साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रो म 

चक्का जाम र बन्द छन् सडकमा आगो फुकूँ दन्दनी हानाहान चलोस् सदा सदनमा चर्चा चलोस् सन्सनी । भ्रष्टाचार अचार झैँ बनिरहोस् सम्पत्ति सर्वोपरि मौकामा पहिले गरूँ चकचकी राम्रो म बन्ने गरी ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा जिताली :

आफ्‌नो खेत हराभरा नित गरी जागोस् नयाँ जाँगर
अर्काको सब जिन्दगी कहरमा बन्दै गरोस् जर्जर ।
आफ्‌नै मात्र भलो, हुनेछ कसरी भन्ने र सोच्ने गरूँ
अर्काको कुभलो गरेर जहिल्यै भारी भकारी भरूँ ॥

मार्ने हो करले दरिद्र जनता, नेताहरू पाल्नुछ
आफ्‌नै पौरखमा विकास–मुरली फुक्नेहरू फाल्नुछ ।
नेपाली गरिमा गिरे पनि गिरोस् आफू बनूँ उत्तम
खुर्पाका बिँडमा जुहार जडिने बेला छ सर्वोत्तम ॥

छाप्रामा दुनियाँ बसून् विरहमा मेरा हवेली बनून्‌
गर्छौ क्रान्ति भनौं छरी भ्रमहरू नेता मलाई भनून् ।
अत्याचार भयो भनेर जहिल्यै सन्तोष मान्दै गरूँ
भ्रष्टाचार सबै यथास्थिति रहोस् भन्ने इरादा धरूँ ॥

नेपाली अनुहारमा गहकिलो विश्वास मार्दै गरूँ
नेपाली इतिहासको चहकिलो आकाश झार्दै गरूँ ।
नाताका जति छन् पुगून् शिखरमा दायाँ र बायाँ हुँदै
नेपाली बिपना बितोस् कहरमा बेहाल बन्दै रुँदै ॥

कोकोले कति तान्न सक्छ उति नै तानूँ म गोडा तल
कैल्ये झर्छ र खान मिल्दछ भनी झिक्ने गरूँ अक्कल ।
नेपाली–पनको जरो पनि खनी, तानी रहूँ तन्तनी
चाम्रो चाल चली–चली सदनमा नारा उरालूँ पनि ॥

चक्का जाम र बन्द छन् सडकमा आगो फुकूँ दन्दनी
हानाहान चलोस् सदा सदनमा चर्चा चलोस् सन्सनी ।
भ्रष्टाचार अचार झैँ बनिरहोस् सम्पत्ति सर्वोपरि
मौकामा पहिले गरूँ चकचकी राम्रो म बन्ने गरी ॥

०००
रानीवन, काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
surya koirala
surya koirala
7 months ago

ब्यङ्यात्मक साहित्य सिर्जना सटिक लाग्यो ।

Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x