साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गाउँ–बस्ती उवाच

Nepal Telecom ad

भान्से मात्र हिँडे डकार–पथमा, भोकै र नाङ्गै अरू height=
बढ्दो झन् असमानता छ अधुरा समृद्धि–स्वप्ना मरु {{read_more}}
बस्तीमै “सरकार“ भो र “कर“ले कङ्गाललाई डस्यो
आफ्नै गाउँ बनाउने रहरमा बाढी र पैह्रो पस्यो

भ्रष्टाचार बढेर राष्ट्र, जनता कङ्गाल बन्दै गए
स्वार्थी, भ्रष्ट र घूसखोर, ठग झन् कम्माल बन्दै गए
ढीँडो खान नपाउने सब डिनर् ज्यूनार गर्ने भए
भोको यो गणतन्त्र फल्छ कसरी, सङ्घीयता चल्छ के

फित्ते चप्पल लाउँथे पटपटी पट्काउँदै ती सब
नेता पैदल हिँड्न हुन्न, छ नयाँ प्राडो, पजेरो अहा !
सुत्दैनन् सुकला हुँदैछ, घर के कस्टी छ रे क्वाटर
फुल्ली चेन्ज भएछ लाइफ अरे आनन्द झन् के छ र !

सत्ताको गुलियो लिएर रसना स्वादे भएको छ रे
कुर्सीतर्फ छ दृष्टि आज, जनता के, राष्ट्र–समृद्धि के !
भ्रष्टाचार छ मुख्यकर्म पुगिने लिस्नो छ पार्टी तर
गीतामन्त्र छ राजनीति, यसरी यो देश के बन्छ र !

जस्का साथ हुँदैन एक चपरी जग्गा र झुप्रो घर
हुन्छन् सन्तति जन्मदै कति यहाँ भोका र नाङ्गा तर,
पानीजाज र रेल खानु नहुने, खाने भयो भोकले
काकाका सपना कुरेर विधवा के बस्नु सन्तोकले

सेवा खै, दरकार खै अभयको, खै निर्मला–न्याय खै,
बस्तीमा सरकार खै, विभवका निर्माणका चिन्ह खै,
नेता–जाँगर खै, गरीब–घर खै, खै गाँस खै बास खै
देखाऊ अब झट्ट पर्खिनु कति प्रारम्भ खै आश खै!

गाडी सत्र करोडको किन कि वा छत्तीसकै रोज हे
स्वप्ना देश बनाउने मदनको मौका छँदै खोज हे
आस्था भत्किनुहुन्न देश(जनता सम्पन्न पार्ने अझै
झन्डामा मनका उनेर सपना छन् मौन सारा मझैँ ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कामरेडकाे कुकुर

कामरेडकाे कुकुर

डा. भीम खतिवडा
सञ्जाल

सञ्जाल

डा. भीम खतिवडा
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x