साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानी छोरीलाई शुभकामना

Nepal Telecom ad

सानी ! height=
किताब थन्क्याएर अब
कम्फु कराँटेको अभ्यास गर, {{read_more}}
तिम्रो उमेरमा तिम्रा आमाहरू
नाम्लोमा मरिकुच्चे भारी हालेर थाफ्लोले
घाँसको भारी लिन हतारिन्थे,
झिसमिसे हुनुअघि नै
जाँतो बिसाएर पँधेरातिर पुगिसक्थे,
डर थियो त सर्पको,
डर थियो त जङ्गली पशुहरूको,
अँधेरोको त डरै थिएन,
तिमीलाईजस्तो मान्छेको डर थिएन,
त्यसैले उज्यालोसँगै बाहिर निस्कँदा,
आफ्नै छायासँग सतर्क भएर निस्कनू,
मलाई भर लाग्दैन यो
शकुनि उज्यालोसँग

सावधान रहे है,
नचिनेकाहरूसँग, चिनेकाहरूसँग,
गुरुहरूसँग, साथीहरूसँग
नेताहरूसँग, नागरिकहरूसँग,
बरु, 
भर गर्नु पाङ्ग्रेसँग, खुट्टा बाँधिएका धोबीधनसँग,
तर,
सतर्क रहनू सधैँ सुरक्षाको दरकारसँग,
बचेर हिँड्नु आफन्तहरूसँग,
यहाँ परकाभन्दा बढी,
घरकाहरूकै भर छैन,

सुन छोरी !
हरेक अनुहारका कुटिल मुस्कानहरूमा
हिँस्रक आसक्ति टिलपिल छ यो बेला,
पुरुषहरू आफूलाई जन्माउने आमा बिर्सेर
बाटाबाटामा उन्मत्त साँढे चरिरहेका ताजा
समाचार पढ्नू र बढ्नू ,
किन कि अब मलाई
भर छैन ती बाटाहरूको
जहाँ अवतारधारी नयाँ महाराजहरू
ओहोरदोहोर गरिरहन्छन्
बेलाकुबेला,

स्वार्थको जामामा नाचेको
मेरो परिवेशसँग,
बचेर हिँड्नू
किनकि मलाई भर पटक्कै छैन,
चिनी, पुल र जहाजमा अडेस लागेर
सपनाका सातु मुक्याइरहने,
आफैँलाई आफैँले नटेरेको,
विश्वासको साससम्म नफेरेको,
जँड्याहा गफाडीहरूको तालसँग
जित्नेले हाँसेको सुनिने जुवाडेको खालसँग,

फूल हैन तिमी ढुङ्गा बनेर हिँड्नू,
ठाउँ ठाउँमा डाली बोकेर
फूलका घाँटी अँठ्याउँछन् मान्छे,
देवतालाई भाकेर,
एक्लै फर्कने आँटले जाऊ चौबाटो हुँदै,
तिमीले अब बिर्सनुपर्छ
म छोरी हुँ, म देवी हुँ,
किनकि मलाई यो बेला
पटक्कै विश्वास छैन छोरी !
देवता र मान्छे दुबैको

शुभकामना जन्मदिनको तिमीलाई,
पढेर मात्र हैन अब,
लडेर बाँच्ने अभ्यास गर,
आत्मविश्वास भरेर बाँच्ने अभ्यास गर,
किन कि पटक्कै भर छैन
पलपल भय बाँड्दै हिँड्ने
यो बहुलाहा समयको । 
झापा 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कामरेडकाे कुकुर

कामरेडकाे कुकुर

डा. भीम खतिवडा
सञ्जाल

सञ्जाल

डा. भीम खतिवडा
गाउँ–बस्ती उवाच

गाउँ–बस्ती उवाच

डा. भीम खतिवडा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x