साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहस्यमय जुनेली बज्यै

Nepal Telecom ad

भोको पेट हुँदा बलिन्द्र चुहिँदा रित्तो भकारी हुँदा  height=
सस्तो इन्धनको विहार नहुँदा ताप्के चुलोमा रुँदा {{read_more}}
के हो कुन्नि रहस्य आँसु गहका धुन्थिन् जुनेली बज्यै
छेवैका मतदान केन्द्रतिर गै रुन्थिन् जुनेली बज्यै
।१।

गाग्रीमा जलका छिटा नचुहिँदा छानो बिरामी हुँदा 
चोली साँझ, दिवा बलात्कृत हुँदा दौरा लुकी गर्जँदा
फाटेको पटुकी बडा जतनले कस्थिन् जुनेली बज्यै
छेवैका मतदान केन्द्रतिर गै बस्थिन् जुनेली बज्यै
।२।

आफ्नै पुर्वजको अमूल्य पसिना माटो हराई दिंदा
साक्षी दूध हराउने बखतमा आफ्नै बिरालो हुँदा 
चोली जो छ धुजा धुजा मखमली तान्थिन् जुनेली बज्यै
छेवैका मतदान केन्द्र नजिकै जान्थिन् जुनेली बज्यै
।३।

मिच्दा साँध छिमेकमा रगतका खोलीहरू उर्लिँदा
छिर्दा पावन चाडपर्व घरमा हाँसो हवाला हुँदा 
चुल्ठो श्वेत कपालको जतनले बेर्थिन् जुनेली बज्यै
छेवैका मतदान केन्द्रतिर गै हेर्थिन् जुनेली बज्यै
।४।

छाती चस्स दुखेर वृद्ध वयको निन्द्रा हराई दिंदा
खोजेको सुन औषधी निकट गै पैसा डराई दिंदा 
खैरो एकल दाँत ओठ बिचमा टोक्थिन् जुनेली बज्यै
बिर्सेका मतपत्र साथ बह क्यै पोख्थिन् जुनेली बज्यै
।५।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x