सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोदिमेला–२०७५

Nepal Telecom ad

आमा ! आज स्वयं बडा शहरमा डुल्दै थियो यो कवि । height=
पाक्दैथे पकवान चोकहरूमा बास्ना अनौठो थपी ।। {{read_more}}
मेला हो कि कुनै छ पर्व मुखमा सम्पुर्ण खोजी गरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

यौटा मख्ख परी लगाउँछ कुचो तस्वीर खिच्दै पर ।
अर्को जिल्ल परी सराप्छ किन हो हल्ला गरी बर्बर ।।
चम्के चोक लुक्यो सबै शहरको गन्धा र मैलो हरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

सम्झेको छु अझै दुरुस्त जननी रोदी गएको पल ।
ठोक्दा मादल बग्दथे म जननी संगीतमा कल्कल ।।
रोदी हैन उमंग छैन मनमा आयो नयाँ पर्व रे !
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

खुल्ला द्वार कतै कतै हृदयको नाका छ बन्दी कतै ।
प्यारी कोकिलको मिठो स्वर कतै संगीत मन्दी कतै ।।
बाजे दङ्ग बज्यै उमंग सब ती छन् दङ्ग पल्लाघरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

लाखौं दर्शन लेख्छ फेसबुकमा पल्लाघरे माइलो ।
त्यस्कै खण्डन गर्छ देर नगरी मल्लाघरे साहिलो ।।
वा वा वाह ! कतै छिछी छिछि कतै सन्देश लाखौं छरे ।
थाहा भो न तिहार हो न त दशै मेला छ “मोदी”अरे !

पन्चेश्वर–६ बैतडी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही