साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदिमेला–२०७५

Nepal Telecom ad

आमा ! आज स्वयं बडा शहरमा डुल्दै थियो यो कवि । height=
पाक्दैथे पकवान चोकहरूमा बास्ना अनौठो थपी ।। {{read_more}}
मेला हो कि कुनै छ पर्व मुखमा सम्पुर्ण खोजी गरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

यौटा मख्ख परी लगाउँछ कुचो तस्वीर खिच्दै पर ।
अर्को जिल्ल परी सराप्छ किन हो हल्ला गरी बर्बर ।।
चम्के चोक लुक्यो सबै शहरको गन्धा र मैलो हरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

सम्झेको छु अझै दुरुस्त जननी रोदी गएको पल ।
ठोक्दा मादल बग्दथे म जननी संगीतमा कल्कल ।।
रोदी हैन उमंग छैन मनमा आयो नयाँ पर्व रे !
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

खुल्ला द्वार कतै कतै हृदयको नाका छ बन्दी कतै ।
प्यारी कोकिलको मिठो स्वर कतै संगीत मन्दी कतै ।।
बाजे दङ्ग बज्यै उमंग सब ती छन् दङ्ग पल्लाघरे ।
थाहा भो न तिहार हो न त दशैं मेला छ “मोदी” अरे !

लाखौं दर्शन लेख्छ फेसबुकमा पल्लाघरे माइलो ।
त्यस्कै खण्डन गर्छ देर नगरी मल्लाघरे साहिलो ।।
वा वा वाह ! कतै छिछी छिछि कतै सन्देश लाखौं छरे ।
थाहा भो न तिहार हो न त दशै मेला छ “मोदी”अरे !

पन्चेश्वर–६ बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x