सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हुन्छ नेपाल पैलो 

Nepal Telecom ad

गर्छन् नौला सहमति सधैँ खानका निम्ति नेता height=
गाईजात्रा गतिविधि नयाँ गर्नुगर्छन् विजेता । {{read_more}}
मौका छोपी मति–विमतिमा भर्नुभर्छन् छ थैलो
खाँदा मात्रै सहमति गरे हुन्छ नेपाल पैलो ।

साना–ठूला प्रतिनिधि मिली गर्दछन् भाँडभैलो
बोल्छन् मात्रै सहमतिसँगै भर्दछन् थाल–थैलो ।
तानातानी तुजुक भरिलो जान्छ खोलेर दैलो
यस्तै चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

जानीजानी कति घर भए उच्च आकाश तुल्य
हानहानी पनि हुन गए बन्छ नेता अमूल्य ।
हाकाहाकी लिन–दिन हुने खेल खेलिन्छ भैलो
यस्तै चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

वैलेका छन् सृजन–पथमा तीब्रगामी विवेक
फैलेका छन् मुलुकभरमा घूसखोरी अनेक ।
फैलाएका प्रतिनिधि मिले काठमाडौँ छ मैलो
यस्तै चाला प्रतिदिन रहे बन्छ नेपाल पैलो ।

राता भाले भुटुन, पकुवा मासुमा रम्न थाले
काले–काले मिलजुल गरी जाँडमा जम्न थाले ।
भन्छन् कोही हतपत नयाँ भर्न बाँकी छ घैलो
यस्तो चालासित अघि बढे हुन्छ नेपाल पैलो ।

९८४१४९१०८१, jitaleebam@gmail.com
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल