साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाटक

Nepal Telecom ad

आजै नाटक भोलि नाटक हिजो अर्कै थियो नाटक, height=
राष्ट्राध्यक्षहरू विदूषक हुने भो आजको नाटक । {{read_more}}
आफ्नै दाशरथी त्रिपालमनि छन् बन्दैन देवालय,
हिन्दूवाद र साम्यवाद अहिले गर्छन् नयाँ नाटक ।

पर्दाका पछि छन् बली विवशझैं छन् मञ्चमा वामन,
सीताको महिमा सुनाउन भनी हिँड्नेभए रावण ।
वैदेही गिरिजा बलात्कृत सधैं हुन्छन् अयोध्यातिर,
कस्तो नाटक जानकी नगरमा देखिन्छ हे ईश्वर !

स्वामी दाम्भिक दास नास्तिक हुने नौलो भयो नाटक,
साँचो सुम्पिदिने जुठो चुसिलिने बीभत्सभो नाटक ।
हिन्दू आसनमा र साम्य भुइँमा बस्ने भयो नाटक,
दायाँ गर्वित वाम लज्जित हुने निर्लज्जभो नाटक ।

सीता हर्न नयाँ कलेवर धरी मारीच लुक्छन् बसी,
खोला खान भनेर लम्किनगए नौला अगस्ती ऋषि ।
ताली बाँदरले बजाइरहँदा छन् हर्कमा मारुत,
फेट ा गुथ्न सकेन ढेडु बिचरा साह्रै भयो लज्जित ।

चर्को भाषणले प्रचण्ड रविको सातो हरेको थियो,
काला बाँदरले सबै विटपका हाँगा भरेको थियो ।
सीताराम उपासना हरिकथा मात्रै थियो मञ्चमा,
खोला पर्वत खानसक्छु कसरी भन्ने थियो भावना ।

माओवाद र साम्यवाद अहिले झुम्रो मुसोझैं भयो,
हिन्दूवाद भने अझै शिर चढ़ी बोलौं जसो गर्दथ्यो ।
पानीयान कुदाउने विषयका हावा थिए भाषण,
श्रोता मात्र थिए विभीषणहरू उन्मादका साथमा ।

मात्रै जाति महत् छ नागरिकता खोज्दैन हिन्दुत्वले
आफ्ना हुन् सब मैथिली भनिदियो बुझ्दैन नेपालले ।
खोक्रो राष्ट्रियता भनीकन सधैं हुन्थ्यो त्यहाँ नाटक,
ऐले भारतको भएर भरिलो भो राष्ट्रमा नाटक ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x