साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेत्तीस के.जी. सुनको कविता

Nepal Telecom ad

आमा! आज बिहान पो सहरमा बोल्दै थियो रेडियो । height=
गाउँका घरका र ती शहरका सम्चार त्यस्ले दियो ।। {{read_more}}
कर्णाली पनि चाख्नमाग्छ तर खै ? मुठ्ठी र मानो नुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन !

कैल्हे भन्छ छ हात रे अति ठुला माछाहरूको भनी ।
कैल्हे नाम मुछिन्छ चिन्तित स्वयं काले र गोरे पनि ।।
र्गाहो भो झन बुझ्न पो कुन जुठो, निर्दोष(चोखो कुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जि.सुन ।।

कैल्हे भन्छ इमानदार दुधको साक्षी बिरालो थियो ।
धोका भो सुन चिप्लियो,अलप भो चर्पी भिरालो थियो ।।
आयो आउन ता गयो तर कता चौतर्फ भो गुन्गुन ।
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन ।।

क्या मज्जा!ननिका गए दिन सबै आयो खुशी नै खुशी ।
गाउँमा सुन भो सुनै सहरमा मै मार्छु है बुर्कुसी ।
आमा!आगनमा अनेक गहना! छान्छ्यौ बुहारी कुन ?
आको रैछ बिमानमा लुकिलुकी तेत्तीस के.जी.सुन ।।

पन्चेश्वर–६, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x