साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एकता ए ! कता गयो ?

Nepal Telecom ad

छाडा तस्कर छन् आज डाँका डिँड्दछ ठाँटमा
साँढे छाडा भएका छन् गाई देखिन्न फाँटमा । {{read_more}} height=
प्रजाको तन्त्र मौलायो लुट्ने–पिट्ने धनी भयो
नयाँ नेपाल छोडेर एकता ए ! कता गयो ?

टाढा युवा पठाएर हतारमा कतारमा
सारा उद्योग मासेर लाने भए विहारमा ।
युवा–शक्ति उकासेर नेता हाकिम बन्दछन्
एकता भाँडिए जस्तो, टाढिएको छ भन्दछन् ।

खेत बाँझो बनाएर विदेशी मतिमा मिले
खेती गर्ने गए अन्तै समाती च्याप्प किल्किले ।
जसको हातमा लाठो उसैको भरिया भयो
चोखो नेपाल छोडेर एकता ए ! कता गयो ?

भाइ–बैनी जुटाएर दाजुले राख्छु भन्दछन्
दाजु–भाइ फुटाएर अरुले पाल्छु भन्दछन् ।
आफ्नो घर मिलाएर नराख्ता के भयो–भयो
आफ्नो हिमाल छोडेर एकता ए ! कता गयो ?

समाज–हितमा बोल्ने दलाली पक्षमा गए
उसैको हितमा बोल्छन् पुँजीवादी हुँदै गए ।
जनता ममचा जस्ता, खाने नेता ठूलो भयो
दुई दल भिडाएर एकता ए ! कता गयो ?

९८४१४९१०८१
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x