सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुइगम 

Nepal Telecom ad

यो चुइगम भनेको के भन्नुहोला ? यो चबाएर खाने विशेष मिठाइ हो । चुइङ गम क्या चुइङ गम । चवायो अघायो । {{read_more}} मलाई धेरैले किन मुख चलाएको  height=भन्छन् । कसैले के खाएको भन्छन् । मैले चवाइराखेको चिज चुइगम हो । यो खाएपछि अरु केही चाहिँदैन । बालक, युवायुवती वृद्धवृद्धा सबैको रोजाइको खाद्यवस्तु हो यो । 

तपाईँ यो बुढाले कसरी चुइगम चबायो भन्नु होला । यो त्यसै पाएको हेइन । यसका लागि घरखेत, भैसी बाख्रो, कुखुरो, कुखुराको अन्डा, परेबाको जोडी, चामल, भटमास सबैको खर्च भएको छ । तर चबाउन पाइएको छ । यो आधुनिक व्यापारको कमाल हो ।

जोसुकैलाई भन्ने कुरा होइन । चिया खुवाउनुहुन्छ भने तपाईँलाई सुनाऊँछु । यही पसलमा बसौँ न । ल सुन्नुहोस् चुइगमको कथा ।  

हामी पूर्वेली मान्छे । घरमा बुढाबुढी २ जना मात्र थियौ । छोरा छोरीहरू सबै विदेश भासिए । उनीहरू पक्कै खुसी हुँदा हुन् । हामीलाई भने त्यति खुसी भएन । डाक्टरले भात नखा भन्यो । बुढीलाई जँचाएको फेरि त्यसै भन्यो । घिउ पनि नखा भन्यो । गुलियो पनि नखा भन्यो एक गिलास भन्दा बढी दूध पनि नखा भन्यो  अब के गर्ने ? 

हामीले खेती नगर्ने निर्ण गर्यौँ । एउटा भैसी र घर बाँकी  राखेर सारा जिमिन बेचिदियौँ । अब बाँकी एउटा राम्रो दूधालु भैंसी थियो । दुधै खान नभएपछि कसले गोठाल्याईँ गरिरहोस् । हामीले  भैँसी बेचेर सानोतिनो पसल खोल्ने सल्लाह गर्यौँ । पसुल आफ्ना घरमा नचल्ने बजारमा भाडा लाग्ने ।  तर पनि पसल भएसि केको टन्टा चाहिएको किन्यो खायो । भएको सामान बेच्यो नाफा कमायो  । 

हामीले अलिदिन घरमा भएका चिजबिज र वस्तुभाउबाटै व्यापार थाल्ने निर्णय गर्यौँ । बुढीले खुसी साथ भैँसीलाई किलाबाट फुकाइदिई । भन्न त भन्दै थिई यो भैँसीको दुध चाहिँ बुढेसकालसम्मै खाउँला लागेको थियो के गर्नु असत्ती रोग लागिहाल्यो । गोठालाइँ पनि कति गर्नु बूढेसकालमा । म पनि केके त्यस्तै र अरु कुरा पनि सम्झँदै भैँसी डोर्याएर बजारतर्फ हिँडेँ । 

एक चोटि चिया थपूँ साहुनी । पैसा उहाँले तिरी हाल्नुहुन्छ । अब मात्र सुरु भयो हाम्रो कथा । मैले बजारमा एउटा राम्रो खसी देखेँ । भित्रैदेखि मन पर्यो । यस्तो सोझो व्यापारीको फेला परेँछु कि, कुन्नि ! मेरो भाग्य वा त्यस्तै केही भयो होला ? मैले भैँसीलाई खसीसँग सराबरी साटेर घर फर्केँ । खसी ल्याएको देखेर हो वा मेरो व्यापारिक बुद्धि देखेर, किन हो , बुढी पनि असाध्यै खुशी भई । मेरो बुद्धिको प्रशंसा गरी । बिहानको साँझको भैँसीको दुध जमेको रहेछ, एक कचौरा दही खुवाई । अबेरसम्म मिठामिठा गफ गरेर सुत्यौँ । हाम्रो योजना व्यापार व्यवसाय गर्ने थियो । बुढीले पनि समर्थन गरी । दुबैले हिसाब किताब गर्ने शिक्षा पनि लिएकै थियौँ । 

अब सुन्नु होस् न, बिहान उठेर काम भएन । एउटा खसी जाबो हाम्रो उभ्रिएको जुठोपुरो खाएर पुटुस्स अघाइहाल्यो । भोलिपल्ट खसी डोर्याएर फेरि बजार झरेँ । यस पटक एउटा साह्रै लायकको सिउर ढलेको कुखुराको भाले फेला पर्यो । मलाई असाध्य मन पर्यो । मैले भाले मालिकलाई  खसी दिएँ । उसले भाले दियो ।  मैले भालेलाई घरमा ल्याएँ । बुढी झन् खुशी भई । उसले हिजोकै जससरी  मलाई बाठो मान्छे भन्दै प्रशंशा गरी । त्यो साँझ झन् रमाइलो गफगाफ भयो । लाग्यो अब हाम्रा दुःखका दिन गए । बुढीलाई कुखुराको भालेको स्याहार गर्न पनि सजिलो भयो । म आनन्दले सुतेँ । 

म र मेरी बुढीसमेत व्यापार गर्न सिक्तैथियौँ । त्यसै बसेर त भएन । छोराबुहारीको कमाइ खाइदिनु पनि भएन ।  अर्को दिन भालेको व्यापार गर्न हिँडेँ । बुढीले अलिकति गिलो जाउलो फुर्तीसाथ बिहान सबेरै पेटमा हालिदिएकी थिई । यात्रामा खर्च पनि उति भएन । बाटामा मैले कुखुराका अण्डा बेच्ने मान्छे भेटेँ । काकताली पनि कस्तो परेको भनेँ भेट्ना साथ उसले पनि मेरो भाले मन पराइहाल्यो । मलाई पनि अण्डा गजबका लागे । कसरी हो बाबू भन्दा भालेसँग सराबरी साट्ने कुरा गर्यो । मलाई उसको कुरा ठिकै लाग्यो  । विचरो त्यति पढेलेखे जस्तो पनि थिएन । मैले एउटा अण्डासँग भालेको सट्टा पट्टा गरेँ । भैसी, खसी र भाले डोर्याउँदाको पीडा अब रहेन ।  कोटको गोगीमा अण्डा बोकेर घर पुगेँ । 

म अण्डाको कुरा गर्दे थिएँ होइन ? अँ बुढीले यस व्यापारमा झन् खुसी प्रकट गरी । उसले मेरो बुद्धिको तारिफ गरी । मलाई पनि जन्तुको भन्दा यो अन्डाको व्यापार राम्रो लाग्यो । म बिस्तारै व्यापारको अभ्यास गर्दैथिएँ । व्यापार जस्तो कुरो अलि दौडधुप नगरी जानिने कुरा पनि त होइन । बुढापाकाले पहिलो खेती दोस्रो व्यापार भने पनि आजकाल व्यापार जतिको खेती कहाँ हुन्छ र कुरा त मैले पनि नबुझेको हैन । 

मेरो व्यापार जारी रह्यो  । म भाले बेचेर पाएको त्यही एउटा अण्डा बोकेर अर्को दिन पनि व्यापार गर्न बजारको बाटो सोझ्याएँ । मलाई लागेको थियो आज के मिल्छ त्यससँग यसको सट्टापट्टा गर्छु । केही नाफा गरेरै फर्कन्छु । बुढीलाई खुसी बनाउँछु । मेरो बुद्धि देखेर छोराबुहारी पनि खुसी हुन्छन् । छोरी ज्वाइँ पनि खुसी हुन्छन् । तर अफसोस !  बजार नपुग्दै दुई गौडा परै मैले लाएको चप्पल चुँडियो । म थाहै नपाई  उछिट्टिएर लडेँ । कोटको खल्तीमा राखेको अण्डा फुटेर रसाउन थाल्यो । यसो  टालटुल पारेर सल्टाउँ भन्दैथिएँ भुइँमा खसेर बग्यो  े । बेलुका घर फर्कँदा बुढीले मुख बिगारी । केकेन लिएर आउलान् भनेको त फोहोरी कोट धोइमाग्दै पो आउँछ बुढो ? उसको बोली रुखो भयो । मेरो व्यापार गर्ने सपना बिग्रियो । उसले छोरालाई फुनमा सुनार बसिनसक्नु पारी । ज्याइँमार्फत सम्धीकाँसम्म सुनाइछ । 

चुइगमको कथा लामो छ । यो त्यसै पाइने बस्तु होइन । भोलिपल्ट पहिला अलि अलि गरेर जम्मा पारेर राखेको घिउको टिन बोकेर बजार लागेँ । बजार गएर कहाँ राख्ने भनेर सोच्तै थिएँ । एक जना इष्ट भेटिए । उनले भने म घिउ किन्नै हिँडेको लौन मलाई । मैले भने कति दिनु हुन्छ । उनले गोजी छामछामछुमछुम पारे तर त्यहाँ केही भेटिएन । उनले भने लौ मेरो घरमा जौँ म यहाँले भनेको मूल्य दिएर पठाउँछु । म लुरुलुरु पछि लागेँ । इष्ट भन्दा नजिकको विष्ट हुँदैन भन्ने कुरा मलाई थाहा थियो । उसका घरमा एक जोर परेबाका बच्चा रहेछन् । घिउ र परेवाका जोडी बच्चा साटफेर गरेर म घर फर्केँ । कहाँको पुरानो घिउ कहाँका जिउँदा परेवाका बच्चा । अब तिनले फुल पार्छन् । बच्चा जन्माउँछन् । घिउ त जति राख्यो उति कुहिने बाहेक कामै के छ र । परेबा लिएर घर पुग्नासाथ फेरि बुढीका अनुहारबाट उडेको खुसी फर्कियो । बुढीका अनुहाराँ खुसी देखेर मेरो मन पनि शीत्तल भएर आयो । 

भोलिपल्ट शनिबार परेको थियो । बूढीले भनी आ बुढा जागिर खाने जाबाले त एक दिन विदा पाउँछन् । आफ्नै व्यापार व्यवसाय गर्ने मान्छे के सधैँ बजारतिर कुद्छौ । ल आज होलिडे मनाऊँ । मैले पहिला जग्गा बेचेर भैँसी किन्दा बचेको पैसा जोगाएर राखेकी छु । आज बूढाबुढी घुम्न जाऊँ । मलाई उसको कुरा मनासिबै लाग्यो । हामी बर्सौदेखि दराजमा ढुँडी पर्न लागेका विशेष लुगा लाएर बजार निस्कियौँ । बाटामा कतिपयले कतै पाटी छ कि भनेर सोध्दै थिए । हामी गजक्क परेर बजार गयौँ । मनलागेको खायौँ । आँखाको रमिता हेर्यौँ र फर्कियौँ । त्यस साँझ जति खुसी मेरी बुढीलाई मैले कहिल्यै देखिनँ । अलि रातीदेखि भने दुबैको पेट दुखेर बसिसक्नु भएन । होटलमा अभ्रेपाभ्रेको खुवाएछ भन्ने जानेको भए त्यसको होटलमा आगो लाउनुहुन्थ्यो । देउता बिग्रियो भनेर धामीझाँक्री गुहार्दा गुहार्दै सात दिन बित्यो । पछि पुत्ने छोरी ज्वाईँ आएर शंका गरेपछि मलाई पनि शंका लाग्यो । तर के गर्नु समय बितिहाल्यो । 
घरमा पुत्नेछोरी ज्वाइँ आएका । ज्वाइँलाई मासु मिठो लाग्छ भन्ने छोरीको मनसायअनुसार  परेवाकै शिकार गर्ने कुरा भयो । बजार जाउँला केही व्यापार बढाउँला भन्दा भन्दै ज्वाइँ सत्कार भयो । बुढीसँग बाँकी रहेको पैसा पनि भाडातिरेर भेट्न आएका छोरीज्वाइँलाई दछिना दिँदा सकियो ।  अब व्यापार त गर्ने थियो । 

म केही चामल बोकेर बजार झरेँ । डाक्टरले चामलको भात नखानु भनेको थियो । बजार पुग्नासाथ पिठो लाइनमा पुगेँछु । चामल बराबरी पिठो साटेर फर्किएँ । बुढी खुसी भई । त्यही पिठो झिकेर रोटी पकाई । भोलिपल्ट बाँकी पिठो बोकेर बजार हिँडेँ । बाटमा एउटा साइकलवाला भई पाउरोटीका भनेसम्मका प्याकेट लिएर घुम्दै रहेछ । मलाई लाग्यो आधुनिक जमानामा पिठाको व्यापार पनि के व्यापार बरु यो व्यापार पो व्यापार । उसलाई रोकेर कुरा गर्दा दश पन्धै प्याकेट दिने भयो । म ऊसँग पिठो र रोटी साटेर घर आएँ । बुढी मख्ख परी । उसले तातो पानी तताई । हामीले त्यही पानीमा चोब्दै स्वादिलो ब्रेड खाएर सुत्यौँ । बुढी भन्दै थिई । यो त कति सजिलो बेल्नु पकाउनु केही नपर्ने । कपाकपी खान मिल्ने । 

व्यापार त गर्ने थियो । म बाँकी रहेको ब्रेड बोकेर भोलिपल्ट बजार झरेँ । बाटामा कुल्फी बेच्ने भाइसँग भेट भयो । उसले मेरो सामान हेर्यो । मैले उसको सामान हेरेँ । गर्मी मौसममा एउटा चाखेर हेरेँ । जगब शीत्तलो वस्तु लाग्यो । मैले जीवनमा कोकाकोला खाए पनि त्यति शीत्तलो वस्तु खाएको थिएन । एउटा त चाखिहालियो । कुरा मिलाएर बाँकी दुई वटा कुल्फी लिएर घर आएँ । बूढी कतिखेर बूढा आउँछन् र खानेकुराको व्यवस्था गरौँला भनेर पर्खिरहेकी रहिछ । मैले ल्याएर झोला बुझाएँ । उसले हतारिएर झोला खोली पोलिथिनमा एउटा सिन्को र पानी मात्र थियो । अब भयो बरबाद । साँझ झगडा उठेर बसिसक्नु भएन । खान त पाइएन पाइएन सुविस्ताले सुत्न पाइएन । 

भोलिपल्ट बुढी मलाई घर रुघाएर बेपार गर्न हिँडी । ऊ भन्दैथिई तँ बुढाले व्यापार गरेर खाँदैनस् । मेरा माइतीले व्यापार गरेको मैले देखेकी छु । व्यापारमा पनि संस्कार चाहिन्छ । मेरा मामा व्यापारी, मेरा काका बेपारी, मेरा दाइ बेपारी, मेरा दाइका साला बेपारी तिमी जस्तो हैन । यस्तै केके भनेर हिँडी । हिँड्दा ऊ पुरानो बारीबाट उठाएको अलिकति भटमास बोकेर गएकी थिई । साँझ चार ओटा डुनोट लिएर आइछ । साँझ दुईटा खाईयो भोलिपल्ट पुन बाँकी दुई दुनोट बोकेर हिँडी । आफू घर कुरेर बसिरहेँ । साँझ दुईटा चुइगम बोकेर आइछ । अहिलेसम्म त्यही चपाइँदैछ । यो कुरा चाहिँ लर्तरो खाएर नसकिने कुरा रहेछ । अब खानेकुराको दुःख भएन । बरु लाउन र खर्चबर्चका लागि केको व्यवसाय गर्ने भन्ने सोचिरहेको छु । 

पाँचथर, हाल भक्तपुर
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय वासुदेव बाजे

जय वासुदेव बाजे

डा. रमेश शुभेच्छु
घिराैँलाे

घिराैँलाे

डा. रमेश शुभेच्छु
तीन टुक्रे कविता

तीन टुक्रे कविता

डा. रमेश शुभेच्छु
चार ठोकान

चार ठोकान

डा. रमेश शुभेच्छु