साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोकान

आठ पढेकी सुन्तली काकीको चिल्लो गाडी छ मेयर हुनुपर्ने हाम्रो दाइ समाजसेवी बनेको मलाई मन परेको छैन माथ्लाघरे हवल्दार दाइको कत्रो सान छ हवल्दार हुनुपर्ने ।

Nepal Telecom ad

१. फुट
भन्नेहरू सङ्गठन फुट्यो भन्छन्
म मन फुटेको देख्छु
खन्नेहरू विकासको मूल फुट्यो भन्छन्
म सहअस्तित्वको छाती टुटेको देख्छु
अरु फुटेको जुटाउन जोड्न सकिन्थ्यो
मानव मन र अस्तित्व नै लुटेको देख्छु ।

२. दलित गैरदलित
दलित नभएकै कारण कोटा नपाएको कुरा अर्कै हो
दलित भएकै कारण कोठा नपाएको कुरा अर्कै हो
मानवतामा योग्यतामा र चेतनामा यी केही चाहिँदैनन्
दलित र गैरदलित भन्दा खतरा त गरिबी छ मित्र
गरिब भएकै कारण भोटा नपाएको कुरा अर्कै हो ।

३. हाम्रा बा
हाम्रा बा हामी छिटै उठ्ता पनि घरमा हुँदैनन्
हामीले पकाउँदा, खादा, चुठ्ता पनि घरमा हुँदैनन्
थाहा छैन कहाँ जान्छन् हाम्रा बा
अरु त अरु अबेर सुत्ता पनि घरमा हुँदैनन् ।

४. मन परेको छैन
हाम्रा बा हेडमास्टर भएको मलाई मन परेको छैन
हाम्रा गाउँमा खरदार अङ्कलको घर अग्लो छ खरदार हुनुपर्ने
हाम्री आमा प्राध्यापक भएको मलाई मन परेको छैन
आठ पढेकी सुन्तली काकीको चिल्लो गाडी छ मेयर हुनुपर्ने
हाम्रो दाइ समाजसेवी बनेको मलाई मन परेको छैन
माथ्लाघरे हवल्दार दाइको कत्रो सान छ हवल्दार हुनुपर्ने ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x