साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभात र बानियाँलाई सम्मानित गरिँदै

२०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्रा.डा कणर्बहादुर बानियाँ सम्मानित हुन लागेका हुन् ।

Nepal Telecom ad

चितवन, २०८० पुस ८ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७ औँ जन्म जयन्तीको सन्दर्भमा साहित्य संगम चितवनले दुई जना स्रष्टालाई सम्मान गर्ने भएको छ । २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएका दुईवटा पुरस्कारबाट समीक्षक रमेश प्रभात र प्रा.डा कणर्बहादुर बानियाँ सम्मानित हुन लागेका हुन् ।

डिल्लिराम-धनसरा पौडेल स्मृति पुरस्कार-२०८० बाट कवि, गजलकार तथा समीक्षक रमेश प्रभात पुरस्कृत हुन लागेका हुन् । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र उनको परिवारजनले स्थापना गरेका हुन् ।

यसैगरी खिमा-केशरीरमण खनाल स्मृति पुरस्कार-२०८० बाट इतिहासविद् तथा साहित्यकार प्रा.डा कणर्बहादुर बानियाँलाई पुरस्कृत गर्न लागिएको साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाईंले जानकारी दिए । यो पुरस्कार साहित्यकार खनाल रेवती रमण र उनको परिवारजनले स्थापना गरेका हुन् ।

पुस १५ गते दिउँसो १ बजे नारायणी नमूना मावि भरतपुरमा कार्यक्रम आयोजना गरी स्रष्टाद्वयलाई सम्मान गरिने अध्यक्ष चापागाईंले बताए ।

सम्मानित हुन लागेका रमेश प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् भने कणर्बहादुर बानियाँ सेवा निवृत्त प्राध्यापक हुन् ।

प्रभात फित्कौलीसँग पनि आबद्ध छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x