साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा भन्नुहुन्छ

हराउने छ तिम्राे सुन्दरता,, घिन मान्नेछन् तिम्रा सन्ततिले जरुर एकदिन, केही स्थिर रहने छैन याे संसारमा, सबै वृद्ध हुनेछन् एक न एक दिन, अवस्य हुनेछन् एक दिन।

Nepal Telecom ad

गिताञ्जली सापकोटा :

प्यारी छोरी,
घिन नमान्नु , मैले तिम्रो हात समाउँदा
दिक्क नमान्नु , म तिम्रो काखमा रमाउँदा
मलाइ थाहा छ,
म तिम्रो साथमा बस्न लाएक छैन ।
तर छोरी यो गल्ती मेरो हैन।
मलाइ थाहा छ,
तिमीसँग सुन्दरताको घमन्ड छ,

तर एउटा कुरा याद राख !!
प्रत्येक सुन्दरता सदाका लागि हुँदैन,
एक पटक म पनि सुन्दर थिएँ, तिमी जस्तै
अहिले तिमीले देखेकी छौ !!

म कस्ती बुढी भएकी छु,
मैले पनि कहिल्यै सोचेकी थिइँन
कि म पनि एकदिन अवस्य बुढी हुनेछु भनेर ।
पहिले टाढा टाढासम्म देख्थेँ,
तर अहिले मेरा आँखा धमिला भएका छन् मात्र बाटाे देख्ने,

पहिले हजारौँ माइल हिँड्न सक्थेँ,
तर अहिले लौरो टेक्दै अलि अलि हिड्न मात्रै खोज्छु,
पहिले मेराे कपाल पनि तिम्राे जस्तै
सिल्की लामाे र कालाे थियाे ,,
तर,अहिले सेतै फुलेर हावाले पनि
बल्ल तल्ल हल्लाउछ त्यहि पनि गाह्राे मानी मानी।

पहिले म पनि तिमी जस्तै हाँस्थेँ मिलेका दाँत देखाएर,
तर अहिले बल्ल तल्ल हाँस्छु त्यही पनि थोते मुख देखाएर ।
पहिले सबै छोरा छोरीको चुम्वन पाउँथेँ,,
तर, खै, अहिले कसले चुम्वन गर्छ र मलाइ ?

घिन लाग्छ हाेला तिमीहरूलाई
मेरा चाउरी परेका गालामा चुम्बन गर्न,
म पनि पहिले राम्रा राम्रा फेन्सी लुगा लगाउँथेँ,
तर अहिले थोत्रो च्यातिएको लगाउँछु,
मात्र शरीर छोप्ने।

प्यारी छाेरी
विरह लाग्छ मलाई मेराे चाउरी परेको शरीर छाम्दा,
अब त केही बाँकी छैन् बुढो हुन
अब त सबै आशा त्याग्दै हिँडिरहेकी छु।
एक्लै भगवान् भेट्ने ठाउँ खोजिरहेछु।

अब त म पूर्ण रुपमा बुढी भै सकेँ,
सक्दैन कसैले अब मलाई,
तिम्रो जस्तै सुन्दर जीवनमा फर्काउन ।

त्यसैले कुनै अर्थ छैन,
तिमीले सुन्दरताको घमण्ड गर्न,
चाउरी पर्ने छ तिम्रो पनि शरीर एक दिन,,

हराउने छ तिम्राे सुन्दरता,,
घिन मान्नेछन् तिम्रा सन्ततिले जरुर एकदिन,

केही स्थिर रहने छैन याे संसारमा,
सबै वृद्ध हुनेछन् एक न एक दिन,
अवस्य हुनेछन् एक दिन।

०००
ताप्लेजुङ, हाल भक्तपुर काैशलटार।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x