साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रे कविता

मलाई तन्काउन सक्ने, ठम्याउनेहरू मलाई इत्यादिकै रुपमा चिन्दछन् मलाई चिन्दै नचिन्ने बुझ्दै नबुझ्ने हत्तपत्त पूणर्विराम लगाउँछन्, पूणर्विराम पढ्दछन् ।

Nepal Telecom ad

१. कविता/कला

तिमी यिनलाई कति सजिलै कविता/कला भन्छौ
यी मेरा ढुङ्गा मुडा पनि हुन् विरोधीलाई हिर्काउने
तिमी भावना, विचार, चिन्तन, लय राग शैली के के भन्छौ
यी बोरामा कोचेका ढुङ्गाका बाँध हुन् बस्तीमा पसेको नदी फर्काउने
तिमी रस अलंकार ध्वनि वक्रोक्ति, विम्ब प्रतीक खोज्छौ
मेरो कापी चुनढुङ्गा खानीको भण्डारण क्षेत्र हो
मेरो कलम फलाम खानीको हाते कुन्जी हो
म र म जस्तैहरूको युग निर्माण गर्ने ।

२. इत्यादि

तिमी सम्झ म वाक्यको अन्त्यको इत्यादि हुँ
सबैले टेकेको ढुङ्गा माटो झार इत्यादि
तिमी सम्झ म जलिरहने इत्यादि हुँ
दाउरा गुइँठा बर्नर बिजुलीको तार इत्यादि
तिमी सम्झ म खेलाइने इत्यादि हुँ
बल, पासा, रिङ, गोटी, खुकुरीको धार इत्यादि ।

३ पूर्णविराम

तिमी जे भन म वाक्यान्तको इत्यादि हुँ
मभित्र अनेक सम्भावनाहरू अट्दछन्
मलाई तन्काउन सक्ने, ठम्याउनेहरू
मलाई इत्यादिकै रुपमा चिन्दछन्
मलाई चिन्दै नचिन्ने बुझ्दै नबुझ्ने
हत्तपत्त पूणर्विराम लगाउँछन्, पूणर्विराम पढ्दछन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x