साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अल्छी जाडाे

खडेरीले उधिनेका खाेलाका खप्परहरु बालुवाले पुरिएका आँखाका डाेबिल्का हेरेर उहिलेकाे बुद्धिको गाेरेटा खाेज्दै पर्खिरहलान् भनिरहलान् याे बर्ष पनि जाडाे ओर्लिन अल्छी गरिरहेछ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

याे बर्ष जाडाे ओर्लिन अल्छी गरिरहेछ
कति बिस्तारै ओढ्दैछ पहाडले दाेलाईं पनि
एका बिहानै चाैरमा भेलाभएका
फाट्टफुट्ट शीतका सन्तानहरु
साउती गरेर गफिंदैछन्
याे बर्ष जाडाे ओर्लिन अल्छी गरिरहेछ ।

सिंगाैरीमा झुण्डिएका बूढा ज्याकेटहरु
माकुराकाे जालाे झार्ने प्रतीक्षा गर्दैछन्
बाकसकाे कुनामा निदाएका माकल टाेपीहरु
अझै ब्युँझिने तर्खर गर्दैनन्
डेक्चीले ताताे पानी नचाखेकाे धेरैभयाे
कानकाे चाैघेरामा फेरी लगाउँदैछन्
जाेगी लामखुट्टेहरु
गएराती जाडाेका सपना कुँदेर
निदाएका मेरा आँखाहरु
विहानै उघ्रिएर फुस्फुसाउँदैछन्
याे बर्ष जाडाे ओर्लिन अल्छी गरिरहेछ ।

धेरै अघि
जेठले खाएकाे खङ्रङ्ग मेराे मन
असारले सल्काएका सर्प र बिच्छीहरु
भदाैका महामारी राेगी दिनहरु बेहाेरेर
यही जाडाे त पर्खिएका थियाैं
माथि तितरी पङ्ख बादलमाथि
लुकेर अल्झिएकाे चिसाे
झर्ने अभिलाषा साँधेर
यही बाफिलाे मैदानमा खर्किएका थियाैं
खै ! प…र क्षितिजमा उठेका
बीषाक्त धूवाँले
हाम्राे पहाडकाे साताे लियाे क्यारे
याे बर्ष जाडाे ओर्लिन अल्छी गरिरहेछ ।

ठिकै छ, आउँदैन भने नआओेस् पनि
जाली माया नलाओस् पनि
यही गर्मीकाे भुङ्राे उधिनेर
जिन्दगीको राेटी सेक्नेछाैं
राेगी मच्छडहरुसँग मितेरी गाँसेर
जीवनकाे अर्थ लेख्नेछाैं
खडेरीले उधिनेका खाेलाका खप्परहरु
बालुवाले पुरिएका आँखाका डाेबिल्का हेरेर
उहिलेकाे बुद्धिको गाेरेटा खाेज्दै
पर्खिरहलान् भनिरहलान्
याे बर्ष पनि जाडाे ओर्लिन अल्छी गरिरहेछ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x