साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंकर लामिछानेकाे ४९ औं स्मृति दिवस सम्पन्न

निबन्धकार शंकर लामिछानेको नेपाली निबन्धमा विशिष्ट स्थान रहेको, उनको निबन्धहरुलाई अनुवाद गरेर विश्व साहित्यमा पुर्‍याउन पर्ने धारणा कार्यक्रमका वक्ताहरुले राख्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८० माघ १० । निबन्ध शिरोमणि शंकर लामिछानेको ४९ औं स्मृति दिवसको अवसरमा आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी लामिछानेको योगदानको चर्चा गरियो ।

निबन्धकार शंकर लामिछानेको नेपाली निबन्धमा विशिष्ट स्थान रहेको, उनको निबन्धहरुलाई अनुवाद गरेर विश्व साहित्यमा पुर्‍याउन पर्ने धारणा कार्यक्रमका वक्ताहरुले राख्नु भएको थियो ।

वर्तमान नेपाली निबन्धमा लामिछानेको जस्तो लेखनको उचाई नदेखिएकोमा चिन्ता पनि व्यक्त गरे ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठले लामिछानेको योगदानको चर्चा गर्नु भयो ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ “रोदन”ले शंकर लामिछानेबारे निबन्ध वाचन गर्नु भएको थियो ।

यसैगरी सो अवसरमा प्रमुख वक्ताका रूपमा समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री एवं निबन्धकार दिनानाथ शर्मा र युवराज नयाँघरेले लामिछानेका लेखनका विशेषताहरूबारे चर्चा गर्नु भएको थियो ।

सभापतिको आसनबाट शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले संस्थाको गतिविधिबारे प्रकाश पार्दै शंकर लामिछाने ग्रन्थ प्रकाशनको काम अन्तिमचरणमा रहेको बताउनु भयो । साथै लामिछानेको एब्स्ट्र्‍याक्ट चिन्तन प्याजको अङ्ग्रेजी अनुवादका लागि प्रयास भइरहेको र नयाँ पुस्तामा उनलाई चिनाउन पनि कार्य भइरहेको बताउनु भयो ।

कार्यक्रममा साहित्यकारहरु मुरारि सिगदेल, मन्जिला अनिल र डा. दामोदर पुडासैनीले प्रसिद्ध निबन्धकार शंकर लामिछानेका निबन्धहरुका अंश वाचन गर्नु भएको थियो ।

कार्यक्रममा फ्लोरिडा, अमेरिकाबाट आउनु भएका साहित्यकार सुन्दर जोशीलाई स्वागत सम्मान पनि गरिएको थियो ।

संस्थाकी कोषाध्यक्ष कथाकार पद्मावती सिंहले स्वागत गर्नु भएको सो कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

सो कार्यक्रममा संस्थाकी संरक्षक श्रीमती रत्ना लामिछाने, सविता ढुंगाना, समाजसेवी एवं गीतकार शोभित उप्रेती, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरू प्रा. डा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, डा. शान्तिमाया गिरी, विनोद नेपाल, पारश प्रकाश नेपाल, प्रधुम्न जोशी, डा. सावित्री श्रेष्ठ, अश्विनी कोइराला, महासचिव कमला रिसाल, सदस्य संगीता ढुङ्गानालगायतको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x