साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नरनाथ, फित्काैली र बाँझा सपनाहरू

अहा, आजकै सपनाका नना ! सलाम छ बिपनाहरू बुन्ने हातलाई, शुभकामना छ कदमकाे भराेसा र सकारात्मक परिवर्तनका फित्काैली झट्काहरूमा सजीव अक्षरविधातालाई ।

Nepal Telecom ad

डा.भीम खतिवडा :

हराइरहेकाे छु,
दायित्व र माटाकाे नाममा
लुकाएर यथार्थ
पेटकाे सपना

पेटहरूका आँखा लुकाउन
कर्तव्य सिँगारेकाे शब्द,
न रङ छ न रूप
बाटामाथि हेरेर
डाँडाकाे टुप्पीनिर
उडेकाे पिलिन
झारिदिन्छ कि केही

सुतेर साँझनिरकाे घाममा
गुन्द्रुक सुकाएकाे गुन्द्रीमा
आमाका आँखा छलेर
“जिउ चिलाउँछ!” भनेर
निषेध त्यत्ति, तर
तारा गनेर कत्ति परपरका
सपनाजस्तै भत्किएका
हजार राता घाम यसरी

लाठे हुनुअघिका सबै
लाठे भएपछि बिर्सनुपर्छ हाे ?

माटाका टीका लाएर
माटै ओढेर
माटै खाएर
माटाकाे सपना देख्ने
गड्याैँलाे बनेका महरूभन्दा
फरक सपनाका लागि
कलम बाेकेर
ठुङ्दै हिन्ने नरनाथहरू

“उठ् भाते !”
लाग्छ कराइरहेछन्
फित्काैली बाेकेर चेतनाकाे,
हजार लाख झाेडेहरूलाई
कर्ममा लाग्न प्रेरित गर्दै
जुँगा सेताम्ये यी
सामान्य मान्छेप्रति
असामान्य दायित्वबाेध
देखेर, सम्झेर
जल्छ मन प्रेरणाकै ईर्ष्याले,

ओए भीम !
नरनाथलाई देखिस् नि ?
तेराे कलम फालिदे भाँचेर
कि,
दे थपक्क ननालाई
हैन भने,
नमर् यसरी काँचैमा,
ज्यूँदाे रहेकाहरू
जादु बाेकेर ओैँलामा
समाज सम्झेर जीवनका
हरियाली कल्पेर भाेलिका
कर्ममा लाग्छन् अक्षरखेत हेर्
बाँझै छ सबै तेराे पाटाे,

अहा, आजकै सपनाका नना !
सलाम छ बिपनाहरू बुन्ने
हातलाई,
शुभकामना छ कदमकाे भराेसा

सकारात्मक परिवर्तनका
फित्काैली झट्काहरूमा
सजीव अक्षरविधातालाई ।

०००
झापा

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
होम सुवेदी
होम सुवेदी
1 year ago

भाइ, राेचक र घोचक अनि सुन्दर रचनाका लागि बधाई !!

सेमन्त भण्डारी
सेमन्त भण्डारी
1 year ago

गज्जब छ है मित्र।
शब्द र विम्बको गुजुल्टो फुकाउन चैॅ नरनाथ नै चाहिने देखियो,हामी पटनाथका त पसिनै छुटे बरै !!

Nepal Telecom ad
कामरेडकाे कुकुर

कामरेडकाे कुकुर

डा. भीम खतिवडा
सञ्जाल

सञ्जाल

डा. भीम खतिवडा
गाउँ–बस्ती उवाच

गाउँ–बस्ती उवाच

डा. भीम खतिवडा
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
2
0
Would love your thoughts, please comment.x
()
x