साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुट महिमा

यस्तो लाग्छ गुट मान्छेको जीवनको सहारा हो । यसैको वैशाखी टेकेर मान्छे ले आफ्नो पहिचान खोज्छ,आफ्नो अस्तित्त्वको रक्षा गर्छ । कोहि हुनुहुन्छ गुट विनाको ? सायद कोही छैन ।

Nepal Telecom ad

भाेजराज आचार्य :

यो गुट भनेको अचम्म हुँदोरहेछ । आफ्नो गुटले गरेका सबै काम राम्रो भन्नु पर्ने । सोझो रुखलाई बाङ्गो भनेपछि बाङ्गै भन्नुपर्ने । सापेक्षिक समर्थन विरोध होइन निरपेक्ष हनुमानको भूमिकामा हुनुपर्ने । कतिपय त आफ्नो हैसियत र व्यक्तित्व बिर्सेर अर्कों गुटको भन्नासाथ व्यक्तिगत गाली गर्ने र अपमानित नगरेसम्म खानै नरुच्ने, निद्रा नलाग्ने अवस्थासम्म पुग्दा रहेछन् । यस्ता गुट आशक्तिले भएको सम्बन्ध टुट्ने अवस्थामा पुग्दोरहेछ ।

फेरि सबैभन्दा रमाइलो के हुँदो रहेछ भने माथिका नेता गुटहरु मिलेपछि तलका कार्यकर्ता गुट हेरेको हेरै । हिजो गरेका गाली, फेसबुके स्टाटस सबैको बिचल्ली हुने । कस्तो लाजमर्दो हुँदोरहेछ भने एक अर्कामा मुखै देखाउन, खुलेरै कुरा गर्न हिनतावोध हुने ।

गुटले नातागोता, दाजुभाइ, श्रीमान श्रीमतीका बिचमा पनि झगडा पार्दो रहेछ । हिजो एकदम नजिकको साथी गुटमा पर्नासाथ दुश्मनमा परिणत । गुटमा लागेका सबै नराम्रो हुँदो रहेछ । गुट उलटपलट गर्न पनि आफ्नै खाले रमाइलो । समयमै गुट चिन्न सके, गुटको पछि लाग्न सके आफ्नो हित र भलो हुने ठानिदो रहेछ । आफूले केहि पाए पनि, नपाए पनि गुटमा लागेपछि सबैको चित्त शान्त हुने । आफ्नो गुटको व्यक्तिले पाएको मौका र अवसर हेरी मख्ख परेर बस्नुपर्ने गराउँदो रहेछ यो गुट ।

यो गुट नभएर गुँ रहिछ अर्थात् आची । गु ग्यास पनि बनाउन सकिने मौका परे ढलमा फाल्न पनि सकिने ।चाहिनेले सेफ्टिट्याङ्कीमा जम्मा गर्न पनि सक्ने । गुट भनेको २ अक्षरको शव्द होइन यो त दर्शन रहेछ । यो वादको रुपमा संस्थापित भएर गुटवादको रुपमा परिचित छ, यस्को महिमा जति गाए पनि कमै हुन्छ । यो यति शक्तिशाली हुन्छ कि यस्ले कुनैपनि देश, जनता, नेता, कार्यकर्ता कसैलाई छोड्दैन । यो सर्वव्यापी छ, सर्वोपरी छ ।

न्यायपालिकाको विष्णुको आसनमा बस्नलाई होस् या बसिसकेपछि, वहालमा रहँदा होस् या भूत भैसकेपछि गुटको प्रभाव अटल र कृयाशील छ । आसन विष्णुको होस् या यमराजको । गुटबाट अछुतो बन्न गाह्राे छ । गुट अपरम्पार छ । जतिसुकै वुद्दिजिवीमा होस्, जतिसुकै शिक्षितमा होस्, जतिसुकै धनीमा होस् गुट हावी हुन्छ ।  वकिल, इन्जीनियर, डाक्टर, कर्मचारी, मजदुर आदि सबै सबैमा गुट घुलमिल भएकाले गुट घुलनशील छ ।

गुट ठोस, तरल, ग्यास सबै रहेछ । यस्को आकार देखिदैन तर आवश्यकता अनुसार जस्तोसुकै आकार ग्रहण गर्ने सामर्थ्य राख्छ । गुटको प्रकार देखिदैन तर यस्को प्रकार किसिम किसिमको देखिन्छ । अनेकतामा अनेक छ यो ।

यस्तो लाग्छ गुट मान्छेको जीवनको सहारा हो । यसैको वैशाखी टेकेर मान्छे ले आफ्नो पहिचान खोज्छ,आफ्नो अस्तित्त्वको रक्षा गर्छ । कोहि हुनुहुन्छ गुट विनाको ? सायद कोही छैन तर यस्को महिमा र गाथा गाउने सबै छौँ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x