साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश खोक्रो बनाए

बिक्छन् आफैँ अभिमत दिने नोट पाए हजार । हेप्छन् वैरी सबल नहुँदा थाप्न झोली तयार ।। हेर्दा हेर्दै मुलक डसुवा राष्ट्रमा सल्बलाए । आमा भन्छिन् सजग बन युवा देश खोक्रो बनाए ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

माया गर्ने जनक जननी हेपिदै छन् अचेल ।
बालीनाली प्रतिदिन घट्यो छैन बाली फसेल ।।
मासे खाए विभव सकियो देश हाँक्ने गनाए ।
ढाँडे ढाँडे जति सब मिले देश खोक्रो बनाए ।।१

चिन्ता गर्ने मुलुकतिरको छैन चासो हरायो ।
बारी बाँझा दिन नसकिदै स्याल घोर्ले करायो ।।
हीरा मोती धपधप हुने राष्ट्र ध्वस्तै गराए ।
ब्वाँसा ब्वाँसा थर घर मिले देश खोक्रो बनाए ।।२

सत्ता धारी विचलित हुँदा त्रास नेपाल छायो ।
कालो स्वार्थी कपट छलले राज्यलाई चपायो ।।
थोत्रा माथा रजगज गरी ऱ्याल काढे निदाए ।
डाम्ना डाम्नी जति सब मिले देश खोक्रो बनाए ।।३

नेपालीको रगत पसिना खान पार रमाए ।
छोरा छोरी पर मुलुकमा रक्त बेच्छन् पठाए ।।
बूढा भाले मुलुक भँडुवा टन्न खाए अघाए ।
कुर्सी कुर्सी प्रतिदिन लडे देश खोक्रो बनाए ।।४

बिक्छन् आफैँ अभिमत दिने नोट पाए हजार ।
हेप्छन् वैरी सबल नहुँदा थाप्न झोली तयार ।।
हेर्दा हेर्दै मुलक डसुवा राष्ट्रमा सल्बलाए ।
आमा भन्छिन् सजग बन युवा देश खोक्रो बनाए ।।५

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति- विष्णुदेवी आवास, सतुङ्गल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x