साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानिस–तिहार

Nepal Telecom ad

चुल्होमा आगो कहिल्यै नदेखेको, height=
फुच्चेले बुबालाई सोध्यो,
बुबा हिजो काग–तिहार भनेर {{read_more}}
कागको पूजा गरी सक्याइयो ।
आज कुकुर तिहार भनेर
कुकुरलाई माला लगाइयो ।
मीठो मीठो पकवान खुवाइयो ।

अनेक थरी खुसी मनाइयो– 
कुकुरलाई बीचमा पारेर
सेल्फी  खिचाइयो ।
त्यो खाते कुकुरको भाग्य यस्तो ?
हरे ! मेरा लागि त बाह्रै महिना 
यस्तो न उस्तो, जस्ताको त्यस्तो ।

थुइक्क ! म मानिस भएर पनि 
आँखाका सपना चोरिएको
मुहार रगत निस्कने गरी चिथोरिएको .
बुबा ! जस्तै खुसियाली दिनहरूमा
तपाईं थमाइदिनु हुन्छ कचौरा 
सन्ठी हाड भएको मेरा हातमा
कसरी चित्त बुझाउ सधैं 
छ्या ! यो उधारो माड भातमा ।

मलाई पनि माला लाउनुछ,
मीठो मीठो खानु छ ।
बुबा भनिदिनुस् न !
मानिसले हाम्रो पूजा गर्ने
यो “मानिस तिहार“ कहिले आउँछ ।

बुबाले भन्यो छोरा धेरै नउफ्रिनु 
मानिस तिहार आए पनि
हामी गरिब असहायप्रति
जहाँ पनि हुन्छ कुनै न कुनै
किन्तु परन्तु अर्थात इन्तु न चिन्तु
केही खासहरूका आँखामा 
अझै हामी मानिस  छैनौं
मात्र छौं, अजबका जन्तु।

हो छोरा ! एक दिन हामीलाई
मानिस भएको हुन्छ भान
जुन दिन दिनु पर्ने हुन्छ भोट,
पछि  त उही टन्टा–उही चोट ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x