साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्तली बिकको बयान 

Nepal Telecom ad

श्रीमान height=
म सुन्तली बिक
महिनौदेखि थला परेकी {{read_more}}
मेरी मधौरो आमा घरमा एक्लै छाडेर
म माथि केहि उपकार होला कि भनेर
यहि बाकसभित्र
औषधिको बिल हालेर आएको थिएँ

म माथिको विभेद
अन्त्य होला कि भनेर
कहिले काँचुली नफेर्ने
खण्डहर मेरो घर अलिकति भए नि
तङ्ग्रिन्छ कि भनेर
काखको छोरा छाडि–छाडि
यहि अटेरी बाकसभित्र
सपनाहरू पट्याएर छाडेको थिएँ
अस्थिपन्जर मेरा अगेना बल्छ कि भनेर
मेरा गाई भैंसी भोकै बाधेर
मेरा थोरै अपेक्षाहरू
यहि बाकसभित्र सुरक्षित साथ
खसालेर आएको थिएँ

पानी नपाएर काकाकुल बनेको 
मेरो गाउँले एक गाग्री पानीको लागि
आधा दिन माया मार्न नपर्ला भनेर
यति सानो सपना 
यहि बाकसभित्र 
खसाएर आएको थिएँ

तर 
श्रीमान
यो बाकसले मेरो आसा लिलाम गर्दै आएको छ
मेरा थुप्रै सपनाहरू हजम गर्दै आएको छ
ममाथि विश्वासघात गरेको छ
मेरो आशामाथि तुषारापात गरेको छ
एक पटक हैन
दुई पटक हैन 
पटक पटक झुक्याएको छ मलाई

मैले यसलाई आफ्नै ठानेँ
बिश्वास गरेँ
तर यसले मलाई राहत दिन्छु भनेर
आहत दियो
अस्पताल दिन्छु भनेर मृत्यु दियो
माटो दिन्छु भनेर
घाउको खाटो दियो
चुल्हो बाल्दिन्छु भनेर 
पानी खन्याइ दियो
मैले उसलाई सत्कार गरेँ
बदलामा मेरो सपनामाथि
उसले बार बार बलत्कार गर्यो

यसपाली फेरि 
त्यस्तै गुलिया सपना बाँडिरहेछ 
त्यो बाकस
म माथि ठूलो अन्याय भएको छ 
श्रीमान
कुन धारा लगाएर हुन्छ
अथवा नियम फेरर हुन्छ
मलाई न्याय मिलोस् श्रीमान
मलाई न्याय मिलोस्
श्रीमान मेरो एउटै निबेदन
फेरि पनि मेरो सपनाको
हत्या नहोस्
फेरि पनि मेरो बिश्वासमा
डढेलो नलागोस्
फेरि पनि ऊ माथिको मेरो आस्थामा
खडेरी नपरोस्

श्रीमान 
उसले गरेका हर बाचाहरू
उसले देखाएका बाडेका हर सपनाहरूको
फेहरिस्त बनाएर
कपाली तमसुक नै बनाइयोस्
किनारामा साक्षिहरू राखेर
उसले गरेका हरसम्भव असम्भव 
प्रत्येक बाचाहरूमा ल्याप्चे ठोकियोस्

बस् 
यति भए पुग्छ श्रीमान
कि कसैले आफ्नो सपनाका लागि
फेरि पनि अरुको सपनाको 
बन्दगी राख्ने कहिल्यै दुस्साहस नगरोस् ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x