साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौंको आची

Nepal Telecom ad

जहाँ हुन्छन् प्लास्टिकमा सजिएका पोका height=
त्यहाँ बग्छन् ढलमती फुलाएर फोका । {{read_more}}
बाटोघाटो, दोबाटो र चौबाटोमा चुली
काठमाडौं बसाउँछ आलो आची फाली ।

कतै सत्ता, भत्ता–लत्ता लत्रिएको लादी
अत्याचारी, भ्रष्टाचारी मलखाद आदि–
पावरफूल पजेराको परिकार कस्तो ?
पातकी र पाखण्डीको अधिकारजस्तो ।

हाडैहाडको पहाड छ कतै नयाँ सिनो
कन्टेनर वरपर छोडेका छन् चिनो ।
कतै गिलो, कतै हिलो, कतै धुलोमैलो
फोहोरका डङ्गुरले भरेका छन् थैलो ।

नारनहिटी दरबारमा थाङ्ना सुकाउँछन्
टिकेटको आमदानी जम्मै लुकाउँछन् ।
जता हे¥यो थाङ्ने थलो, नेता पीपलपाते
लाग्न थाल्यो मन्त्री पनि आते–पाते, खाते ।

काठमाडौंको आची पो ! आची
गर्न थाले नेताले खेलाँची ।

१८ असोज, २०७४
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x