साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मालमहिमा 

Nepal Telecom ad

नाङ्गो आङ र भोक रोग गरिबी आतङ्क जान्दैन त्यो height=
चाँडै फर्किनुपर्छ गाउँघरमा हो सत्य मान्दैन त्यो {{read_more}}
मिच्दै हिँड्दछ राज्यका नियम वा कानून टेर्दैन त्यो
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर हेर्दैन त्यो ।
।१।

कुर्सी कार विमान भोटसितको सम्बन्ध तोड्दैन त्यो
नातावाद सधैं रुचाउँछ डगी सिद्धान्त मोड्दैन त्यो
मात्रै ताक्छ भुरा, बलिष्ठ र ठुला माछा समाउन्न त्यो
आयो भोट लग्यो लुक्यो सहरमा सामीप्य चाहन्न त्यो ।
।२।

ल्याएमा नुन तेल चामल पिठो सन्देश पर्खन्छ त्यो
आएमा सुनको विमान नभमा ती नेत्र चिम्लन्छ त्यो
गोहीका सरिको विराट मुखको प्रारूप फेर्दैन त्यो
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर हेर्दैन त्यो ।
।३।

बाँधी हात पुलुक्क हेर्छ घरको हत्या बलात्कार त्यो
हाहाकारसँगै रुचाउँछ सधैं चीत्कार चीत्कार त्यो
दोसल्लासित मृत्तिका वदनको टीका लगाउन्न त्यो
आयो भोट लग्यो लुक्यो सहरमा सामीप्य चाहन्न त्यो ।
।४।

तारे होटलका सिबाय नमिठो खाना रुचाउन्न त्यो
बिर्स्यो साग र सिस्नु गुन्द्रुक ढिँडो गै गाउँमा छुन्न त्यो
औठा स्वस्तिक छापको धुन भरी क्वै गीत गाउन्न त्यो 
आयो भोट लग्यो लुक्यो सहरमा फर्केर आउन्न त्यो
।५।
पञ्चेश्वर–६, बिजुल, बैतडी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x