साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साली पिटेर स्वास्नी तर्साउने !

दरबारबाट घरबारसम्म हुकुम चलुन्जेल रहिरहनेछन्- असमानताका पर्खालहरू, अशान्तिका राँकाहरू, असन्तोषका मुठ्ठीहरू ! के त ? तिमी अझै साली पिटेर स्वास्नी तर्साइरहेछौ ?!

Nepal Telecom ad

सक्छौ र के तिमी,
साँच्चै सक्छौ ?
साँच्चै हो र सक्छौ भने
जलाइदेऊ सिंहदरबार !
त्यही बस्छन् शासक, तिम्रो असन्तोषका कारक
बस्दै आएका छन्-
दासत्व युगदेखि सामन्ती युग हुँदै पूँजिवादी युगसम्म ।

जनताको गाँस खोसेर,
मजदुरको हात बाँधेर,
यात्रुबाहक गाडी जलाएर
तिमी के पाउँछौ, कस्तो जनमुक्ति खोजिरहेछौ ?

साँच्चै हो र सक्छौ भने
ढालिदेऊ त्यही पर्खाल,
जसले शासक र शासितबीच साँधको काम गरिरहेछ
जसबाटै जन्मिरहेछन्-
असमानता, अशान्ति, असन्तोष !
दरबारबाट घरबारसम्म हुकुम चलुन्जेल
रहिरहनेछन्-
असमानताका पर्खालहरू,
अशान्तिका राँकाहरू,
असन्तोषका मुठ्ठीहरू !

के त ?
तिमी अझै साली पिटेर स्वास्नी तर्साइरहेछौ ?!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x