साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहारभित्र उपहार

यो कुरा तपाईंलाई खुसुक्क भनिहालेँ, तर अरूलाई भने हल्ला नगर्नोस् है । उसलाई चित्त बुझ्छ भने हामीले किन टाउको दुखाउने ? आखिर स्वास्नीवादलाई स्वीकार्ने हाम्रै सुझाउ छ । होइन र ?

Nepal Telecom ad

पिँडालु पण्डित :

अमिलोमा नअलमलिने आइमाई र उपहारमा नअलमलिने उपभोक्ता खोज्ने कार्य सगरमाथा चढ्ने कामभन्दा पनि गाह्रोे छ । तैँले कहिले सगरमाथा चढिस् ए ! नाथे ? भनेर तपाईंहरू मनमनै मलाई हपार्नु होला । ठीकै हो । म पनि मनमनै के भन्छु भने सबभन्दा गाह्रो काम गर्ने मेरो सानैदेखिको बानी भएकाले जाबो सगरमाथा चढ्ने काम मैले कहिल्यै गरिनँ ।

लोग्नेवादलाई लडाउन लागिपरेका आइमाईहरूको लर्कनलाई आतिथ्य दिएर सम्मान गर्नुपर्ने आजको जमानामा उल्टै तिनलाई कोट्ट्याएर अनिकालले खलबलिएको आफ्नै खप्पर फुटाउने जमर्को मबाट होला भनेर सपनामा पनि नचिताए हुन्छ । तँ हुति भएको मान्छे नै होइनस् भनेर मलाई उराल्नेहरूको ओइरो लाग्न सक्छ ! बरु म त्यो खप्न तयार छु । तर आइमाई कै विरोध गरेर पुर्पुरोमा डाडु–पनिउँको छाप,— डँडाल्नोमा जुत्ताको धाप बेहोर्न म सक्तिन । कोही सूरवीर निस्कन्छ भने सकेको सहयोग गर्छू,— त्यो पनि सोझै होइन, जस्केलाबाट ।

यदि मात्रु हुन्छ भने बरु तपाईंलाई पनि एउटा सल्लाह दिन्छु,— यस्तो धृष्टता तपाईं पनि नगर्नुस् । सत्य, त्रेता, द्वापर पूरै तीन युग र कलियुगको एक चौथाइ बितिसक्दा पनि केही गर्न नसक्ने लोग्नेवादले अब स्वास्नीवादलाई स्वीकार्नु पर्छ भत्रे मेरो सुझाउ छ । आगे तपाईंको मर्जी ।

मेरो विषय कता मोडिदैँछ भत्रे कुरा शायद पत्ता लगाइसक्नु भयो होला । अब यति भन्दा पनि बुझ्नु भएन भने मेरो केही लाग्नेवाला छैन । भत्रै पर्छ भने भन्छु,— मेरो अहिलेको विषय उपहारमा मात्रै सीमित हुनेछ ।

उपहार ! अँ, उपहार भत्रेबित्तिकै खोरमा बाख्रा देखेर बाघले ¥याल चुहा’को जस्तो सबैका मनमा र्याल चुहिने । कसैले देखी–देखी बजाउने, कसैले गोप्य रूपमा भजाउने,— फरक त्यत्ति हो । कोसेली, नजराना, सौगात आदि उपहारका सहोदर दाजुभाइ हुन् भने घूस, रिसवत चाहिँ ल्याइते आमापट्टिका सन्तान, तर अति बलवान । त्यसैले उपहार र उसका सहोदर दाजुभाइलाई समाजमा केही सहज ढङ्गबाट स्वीकारिन्छ भने घूस, रिसवत आदिलाई अदृश्य रूपमा स्वीकार्ने हाम्रो प्रचलन रहिआएको छ । दिने हात र खाने मुख एउटै प्रकारको भएपनि यो ठाउँअनुसार कहीँ कतै केही फरक–फरक प्रवृत्तिको हुने भएकाले त्यसको छुट्टै शोध जरुरी हुन्छ, अहिले नकोट्याऊँ ।

जुनसुकै नाम र उपनामले पुकारे पनि उल्लिखित उपहारहरूले आफ्नो परम्परागत रूप र धर्म छाडिसकेकाले अब यिनीहरू कसैको स्वेच्छामा निर्भर नभएर अधिकारका रूपमा स्थापित भइसकेका छन् । कुनै पनि कामका पछाडि यिनीहरू स्वतः जोडिएर आउँछन् । त्यसैले आधुनिक समाजमा उपहारका कुरा गर्दा तिनले अब स्थान पाउँदैनन् । उपहारका नाममा अझै तिनलाई महत्व दिने हो भने त्यो प्रतिगमन तर्फको यात्रा सिवाय अरू केही हुत्र ।

­ ‘लौ ! मूला किन्नुस् साग उपहार, मूला किन्नुस् साग उपहार’— फौबन्जारले डाँको छोड्यो । तरकारीकै तारतम्य मिलाउन निस्केको म मूलालाई मूलाको विज्ञापनले तानिहाल्यो । सम्झेँ, आज चिट्ठै पर्यो ।

अचम्म ! म त्यहाँ पुग्नुभन्दा अगाडि नै अरू मूलाहरू पनि तरकारीकै जोहो गर्न तम्सिरहेका । तँछाड–मछाड गरेर सबै मूला खोसाखोस् गर्न थाले,—साग खोइ त ? सबैले प्रश्न ओइराए । फौबन्जारले जिल्ल्याइदियो,— साग त्यसैमा छ नि ! बल्ल पछाडि परेकोमा आफूले आफैँलाई बधाई दिएँ । अरू जिल्लाराम ।

दुइटा चाउचाउ खानुस् एउटा कचौरा लानुस् । पन्ध्र रूपैँयाको चाउचाउ पच्चीस रूपैँयाको कचौरा । जे चीज खानुस् उपहार लानुस् । चाउचाउ त मात्र एउटा उदाहरण,— गणनामा जितेकाले । पत्याउनु पनि कसरी— नपत्याउनु पनि कसरी ! आँखै अगाडिको कारोबार । कुन साँचो, कुन झुटो । चाउचाउ र कचौरा— मान्छे र उपहार !! मान्छेको जातै लोभी,— ‘कचौरा खानुस् चाउचाउ लानुस्’ भनेपनि ऊ तम्तयार, उपहारका लागि । कुन खान हुने कुन नहुने सबै सदावर्त ।

यी यस्तै छ ! अहिलेको बजार— उपहारको बहार, उपभोक्ता हाहाकार । जुन चीज लिनुस् उपहारै उपहार । किङ्ग मिडासले जे छोयो त्यही सुन हुने अनौठो कथाझैँ अहिलेका व्यापारीले जे सिज्र्यो त्यसैमा उपहार । उपभोक्ताको लुछाचुँडी,— आन्द्रा–भुँडी कुहिएको थाहा छैन !

कस्तो डरपोक र’छ । अरूले सुन्दैमा के हुन्छ र ? भत्र भन् । उसले मानेन । खुसुक्क कानमै आएर खुस्खुस् ग¥यो,—‘बुझ्नु भो ! अहिलेका व्यापारीमा यमराज प्रवेश गरेका छन् । व्यापारको राजनीति उनकै हातमा छ । हेर्दै जानु होला । कुन दिन हाम्रो एकै चिहान हुन्छ । यमराजले दागा धरेपछि कसको के लाग्छ ।’— उसले अझै डराएर भन्यो ।

यमराजले उपहार ल्याए,— उपभोक्ताले खाए, म मोरालाई टाउको दुखाए । सम्झिऊँ सम्झी साध्य छैन, बिर्सौँ बिर्सी सकित्र । टि.भी.देखि रेडियोसम्म, पत्रिकादेखि पम्प्लेटसम्म । जहाँ जाउ उपहारै उपहार । हातलागी शून्य । सावाँभन्दा ब्याज धेरै, सामानभन्दा उपहार धेरै । कसैले नसक्ने भो, अर्थशास्त्र फेल खायो ।

‘हेलो’, ‘हेलो’, ‘अँ’, ‘अँ’ म बोल्दैछु । ए ! काम बन्यो ? लौ, बधाई छ । ए ! ए !! अँ’अँ, झन् राम्रो,— उपहार भनेपछि मरिहत्ते हाल्थिस् ! ठीक्क भो । हुन्छ–हुन्छ, भोलि भेटौँला । हस्, नमस्कार ।

तपाईंलाई झर्को लाग्यो होला । मेरै साथी रूपबहादुरको फोन । पन्चै–बाजा ठोकेर बिहे गर्ने पाँच महिनादेखिको उसको धोको पूरा भएछ । अनि… … ।

उपहारको कुरा त चुहिएन नि ! भनेर तपाईंका मनमा चिसो पस्ला । तपाईंलाई के ढाँट्नू । कुरा मिलाउने सप्पै लमी । उसैको लमिलस्टमा विश्वास गरेछ । थुप्रै उपहारको आश्वासन पाएछ,— साथी दङ । गोबरका थाप्रामा असिना पर्या ’जस्तो मेरो रूपबहादुर केटी पाएकोमा त्यसै दङ, त्यसमाथि थुपै्र उपहारको प्रस्ताव । हत्त न पत्त निर्णय दिएछ,— हुन्छ, बिहे गर्छु ।

पूर्वाङ्गदेखि कन्यादानसम्म सप्पै कर्म झटाझट फटाफट । छोटो छरितो विधि,— मन्दिरमा भेला, बेलैमा बिहे सम्पन्न ।

पलङ मात्र तीन तीनओटा । रूपबहादुरको खुसीले सीमा नाघेछ । पछि कुरा खुल्दा पोे साथी चकित,— दुलहा र दुलहीलाई एउटा पलङ, दुलहीका छोरा–छोरीलाई अलग–अलग पलङ ।

कन्यादान भइनै सक्यो, उसले चित्त बुझाएछ । न सुत्केरी गराउने झञ्झट न उतार्ने नै । आएछ ! साथी दुलही टिपेर । साथसाथै दुइटा उपहार । एउटा छोरा, एउटी छोरी ! तैपनि ऊ खुसी नै छ,— गतिलै उपहार पाएकोमा ।

यो कुरा तपाईंलाई खुसुक्क भनिहालेँ, तर अरूलाई भने हल्ला नगर्नोस् है । उसलाई चित्त बुझ्छ भने हामीले किन टाउको दुखाउने ? आखिर स्वास्नीवादलाई स्वीकार्ने हाम्रै सुझाउ छ । होइन र ?

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
अर्दलीको खोजखबर

अर्दलीको खोजखबर

पिँडालु पण्डित
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x