साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो असल बन्दिनँ !

अदालतले निर्दोष सावित गरे-गरोस् ? अपराधीलाई -अपराधी नै भन्छु, निर्दोषलाई छोड् भन्दै, नाराबाजी र जुलुस गर्दिनँ हजुर, बरू म असल बन्दिनँ ॥

Nepal Telecom ad

गायत्री लम्साल :

चोरलाई चोर हो भन्छु ,
कालोलाई कालो नै भन्छु ।
आफ्नो दुनो सोझ्याउनलाई
डाँकालाई पुजारी भन्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

नीति, नियम, नैतिकताका
तस्करहरूलाई ।
आफ्नो भूँडी ठूलो पार्न
मानवता र देश बेच्न सक्ने,
मुरकट्टाहरूलाई ।
ठूलो मान्छे कसरी भन्नु ?
समाजसेवी भनेर,
ढोग गर्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

बालबालिका, वयस्क र,
वृद्धवृद्धालाई मात्र होइन
विचारका, सिद्धान्तका,
बुद्धि, विवेक र आस्थाका
बलात्कारीहरूलाई ।
अदालतले निर्दोष सावित
गरे-गरोस् ?
अपराधीलाई -अपराधी नै भन्छु,
निर्दोषलाई छोड् भन्दै,
नाराबाजी र जुलुस गर्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

आफ्नो गल्ति र घमण्ड
लुकाउनलाई,
गल्ली, सडक हँुदै सदनसम्म
घरपालुवा भएर समेत
भुस्याहा जस्तै भुकिरहनेहरूलाई
नमस्कार, अभिवादन,
लाल सलाम र जय नेपाल भन्दै
सलाम ठोक्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhawani Baral
Bhawani Baral
1 year ago
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
1
0
Would love your thoughts, please comment.x
()
x