सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भो असल बन्दिनँ !

अदालतले निर्दोष सावित गरे-गरोस् ? अपराधीलाई -अपराधी नै भन्छु, निर्दोषलाई छोड् भन्दै, नाराबाजी र जुलुस गर्दिनँ हजुर, बरू म असल बन्दिनँ ॥

Nepal Telecom ad

गायत्री लम्साल :

चोरलाई चोर हो भन्छु ,
कालोलाई कालो नै भन्छु ।
आफ्नो दुनो सोझ्याउनलाई
डाँकालाई पुजारी भन्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

नीति, नियम, नैतिकताका
तस्करहरूलाई ।
आफ्नो भूँडी ठूलो पार्न
मानवता र देश बेच्न सक्ने,
मुरकट्टाहरूलाई ।
ठूलो मान्छे कसरी भन्नु ?
समाजसेवी भनेर,
ढोग गर्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

बालबालिका, वयस्क र,
वृद्धवृद्धालाई मात्र होइन
विचारका, सिद्धान्तका,
बुद्धि, विवेक र आस्थाका
बलात्कारीहरूलाई ।
अदालतले निर्दोष सावित
गरे-गरोस् ?
अपराधीलाई -अपराधी नै भन्छु,
निर्दोषलाई छोड् भन्दै,
नाराबाजी र जुलुस गर्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

आफ्नो गल्ति र घमण्ड
लुकाउनलाई,
गल्ली, सडक हँुदै सदनसम्म
घरपालुवा भएर समेत
भुस्याहा जस्तै भुकिरहनेहरूलाई
नमस्कार, अभिवादन,
लाल सलाम र जय नेपाल भन्दै
सलाम ठोक्दिनँ हजुर,
बरू म असल बन्दिनँ ॥

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Bhawani Baral
Bhawani Baral
1 month ago
Nepal Telecom ad
कुरोको जुरो !

कुरोको जुरो !

गायत्री परिरोशनी
गन्नेमान्ने !

गन्नेमान्ने !

गायत्री परिरोशनी
परजीवी !

परजीवी !

गायत्री परिरोशनी
मुखभित्रको प्वाल !

मुखभित्रको प्वाल !

गायत्री परिरोशनी
यसरी बाँचौँ !

यसरी बाँचौँ !

गायत्री परिरोशनी
शुभकामना !

शुभकामना !

गायत्री परिरोशनी
हे निद्रा देवी नमो नम:

हे निद्रा देवी नमो...

लक्ष्मण नेवटिया
छाडा कविता

छाडा कविता

खगेन्द्र नेउपाने
रद्धी बने वास्तव

रद्धी बने वास्तव

डा. गाेपाल पाैड्याल ‘मण्डने’
1
0
Would love your thoughts, please comment.x
()
x