साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महासिध्यालयको सिध्यापन

यसरी संसारमा कोहिकसैले विश्व उल्लू प्रतियोगिता वा विश्व निर्लज्जता प्रतियोगिता गरेको भए हाम्रो देश सदासर्वदा निर्विकल्प विजेता बन्ने पक्का थियो भन्ने सोचले घोच्न थाल्यो ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

धेरै समय भाथ्यो पत्रुका नहेरेको । आज जहाँ जेसुकै परोस जोसुकै नमरेपनी नमरोस् धेरैपछि भए पनि मेरै हातमा लिएर अलिबेर ध्यान दिएर पत्रुका त हेर्नै पर्‍यो भन्ने लाग्यो । अनि लागें उहीँ राहुजी प्रसाद साहुजीको मसलन्द पसलतिर । कसैले भन्थ्यो बर्खाको बेलामा चर्खा धेरै घुम्दैन । राहुजी प्रसाद साहु पनि भाउ भन्न तोडा गन्न नपरेर फुर्सदिलै रहेछन् । सामान्य भलाकुसारी गरिसकेर राहुजी प्रसाद साहुजीको हातमा यस्सो थोरैतिनो झिनोमसिनो रकम घुसारिदिएपछि एउटा पत्रुका किनियो । अब सानैदेखि लागेको बानी सित्तैमा पाए घ्यु खानी पैसो तिर्न परे अलकत्रा पनि नखानी यस्तै चलन थियो । त्यही अनुसार पसलमा पुगेको बेलाको निर्लज्जताको असल उपाय भनेको एउटा पत्रुका किनेर अरू एक दर्जन पत्रुका चाहिँ सित्तैमा हेर्ने । चिया पसलमा पसेका राजनीतिक दलका झोले झाम्टे जुम्रे जगल्टे कौडे मुन्द्रे, ठेकेदार भन्दा किन पो कम हुनुछ र ? उनीहरू एक कप चिया किनेको भरमा दिन त्यहिँ बिताउँछन् जानै बिर्सन्छन् घरमा ।

त्यसैले शुरु भयो अनेक रूपरङ्गका ढङ्गढङ्गका पत्रुकाहरूका अनुहार देखि पुछारसम्म खोतल्न । शुरुमा खोलियो – खुङ्खारवाणी दैनिक । यसको भित्रपट्टी हेर्दैजाँदा एउटा सिध्यापनमा ठ्याक्क आँखा पर्‍यो । त्यो सिध्यापनमा यस्तो लेखिएको थियो –
भाँडना खुल्यो ! भाँडना खुल्यो !!

देशभरका केश फुलेका बाउआमाहरूले आफ्नो जिन्दगी दाउमा लाउँदै आँखाको आँसु र पाखुराको मासु सुकाउँदै बढाएका पढाएका अनि यसपालिको नारदिय उल्टो मन्त्र (इ इ एस हुनुपर्नेमा एस इ इ भएको) पार गरि अल्लि माथि पाइला चढाउनु भएका, भविष्यमा विदेशका गधाका रोजगारी खोस्न तम्तयार हुँदै गर्नुभएका सबैलाई हार्दिक बधाई । हाम्रो यश टुच्च गुणस्तरीय महासिद्यालयमा आगामी गैच्छिक सत्रको लागि भाँडना खोलिएको छ । हाम्रो यस रौरवशाली महासिद्यालयमा पढेपछि –

१) विदेश भनिएका जुनसुकै देशमा गइ जस्तोसुकै यातना सहि त्यहिँका गधाले भन्दा बढी सास्ति पाइसके ज्यानै गुमाइ हुन्जेलसम्म नोकर चाकर हरुवाचरुवा पानी मरुवा हुन सकिने ।

२) आफ्नो माता पिता र मातृभूमि लगायत आफ्नो भनिएका चाडपर्व, अनुशासन, सँस्कार, मूल्यमान्यतालाई बेस्सरी लात मार्न सकिने ।

३) आफ्नो सकृय उमेर जोश जाँगर उत्साह जति वदेशीका पाउमा चढाई, आफूले जति कुहिगन्धे राजनीतिका महादुर्गन्धे नेता मोटाउने बिप्रेषण अरू कसिले पठाएका छैनन् त्यसैले स्वदेशकै सम्पूर्ण अधिकार चाहिन्छ भनेर मोलमोलाइ गर्न सकिने ।

४) स्वदेशमा भएका बाउआमा, संसारले मान्ने बुद्धको भूमी, शिव गौरी गणेश, कृष्ण, राम, पारुहाङ, सुम्निमा, इतिहास आदिप्रति दिउँसो आँखा नदेख्ने उल्लू हुन र केही न केहिका फिरङ्गी बेढङ्गीलाई एकदम महान देख्न सकिने ।

५) यस महासिध्यालय भाँड्ना भएपछी नकुनै नगद न घरघडेरी केहिको पनि पीर चिन्ता नरहने ।

६) यस सिध्यालायमा भाँडना भएपछि स्वदेशी जन्मदातालाई राहू र विदेशी कुहिरे खैरे ऐरे गैरे बाघभुत्ले जगल्टे पगल्टे टाटेपाटे इज्जतफाटे सबैलाई बाउ मान्न सकिनेगरी एकदम टुच्च गुणस्तरीय ग्यान पाइने ।

७) हाम्रोदेशलाई बिदेशिका लागि हलि गोठाला हरूवा चरुवा भकारे नोकर चाकर आदि उत्पादन गर्ने सर्वबृहत कारखाना बनाउने सरकारी तथा गैह्र सरकारी मरिहत्तेमा टेवा पुग्ने ।

८) बिना अपराध घाँटीमा विदेशी चलनको कपडाको दाम्लोले बाँधी खुङ्खार अपराधी झैं वा पशु झैं बन्न पाइने ।

९) आफ्नो देशको भाषालाई मरणासन्न पारी फिरङ्गिको तुच्छ भाषामा बर्बराउन पाइने ।
१०) …..।
११)……।

जब यो सिध्यापन सर्र पढें तब जिउज्यान ध्यान ज्ञान तन मन सबै खै के खैके भयो । यश सिध्यापनमा लेखिएका वास्तविकताले आगोको भुङ्ग्रोले जस्तैगरी पोल्यो । दिमागमा नौग्रह बाह्र राशि सत्ताइस नक्षत्र सबै घुमे । यसरी संसारमा कोहिकसैले विश्व उल्लू प्रतियोगिता वा विश्व निर्लज्जता प्रतियोगिता गरेको भए हाम्रो देश सदासर्वदा निर्विकल्प विजेता बन्ने पक्का थियो भन्ने सोचले घोच्न थाल्यो । अनि अरू पत्रुका अर्को दिन हेर्नुपर्ला भन्ने सोच्दै न्याउरिमुन्टी न को मुद्रामा लागें आफ्नै गुँडतिर ।

०००
२०८२ असार १७
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कारण

कारण

रामकृष्ण ढकाल
साँच्चै हो रहेछ

साँच्चै हो रहेछ

रामकृष्ण ढकाल
भिल्लपुर वाङ्मय

भिल्लपुर वाङ्मय

रामकृष्ण ढकाल
उहाँ त  ह्वाँ ह्वाँ !!

उहाँ त ह्वाँ ह्वाँ...

रामकृष्ण ढकाल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
0
Would love your thoughts, please comment.x
()
x