कविराज घिमिरेकठै ! वृद्ध जनले
हुँदै स्याँस्याँ तप्छन् अझ पनि अनेकौँ कहरमा जुधेका छन् खाली पयर अमिला ती बगरमा भए छन् सन्यासीसरह अब के गर्छ धनले ? खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।

कविराज घिमिरे :
जवानीको झट्का मुदितपन त्यो खोसिन गई
सधैँ ऐया आत्था जलनसरिको जीवन भई
दुखेसो मान्दैनन् तर पनि अझै तीब्रसँगले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। १
हमेसा खट्ने ती प्रगतिपथमा साहस गरी
कुबाटो जो लाग्छन् उनकन फिराए उसघरी
नखाई तिर्खाई कति दिन बिताएर तिनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। २
भए छोराछोरी परपर वधू पौत्र जति छन्
छिमेकी छन् बाङ्गा हरतरह लिन्छन् कुमति झन्
बुढ्यौलीको पाङ्ग्रो अब त कसरी चल्दछ हरे !
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ३
हुँदै स्याँस्याँ तप्छन् अझ पनि अनेकौँ कहरमा
जुधेका छन् खाली पयर अमिला ती बगरमा
भए छन् सन्यासीसरह अब के गर्छ धनले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ४
न खोज्छन् राम्रो नै नरम छभने गाँस निलिए
हजारौँ इच्छाका गतिविधि सबै ती उखलिए
सहाराका स्वामी जप अब भनी भन्छ मनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ५
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest




































