साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै ! वृद्ध जनले

हुँदै स्याँस्याँ तप्छन् अझ पनि अनेकौँ कहरमा जुधेका छन् खाली पयर अमिला ती बगरमा भए छन् सन्यासीसरह अब के गर्छ धनले ? खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।।

Nepal Telecom ad

कविराज घिमिरे :

जवानीको झट्का मुदितपन त्यो खोसिन गई
सधैँ ऐया आत्था जलनसरिको जीवन भई
दुखेसो मान्दैनन् तर पनि अझै तीब्रसँगले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। १

हमेसा खट्ने ती प्रगतिपथमा साहस गरी
कुबाटो जो लाग्छन् उनकन फिराए उसघरी
नखाई तिर्खाई कति दिन बिताएर तिनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। २

भए छोराछोरी परपर वधू पौत्र जति छन्
छिमेकी छन् बाङ्गा हरतरह लिन्छन् कुमति झन्
बुढ्यौलीको पाङ्ग्रो अब त कसरी चल्दछ हरे !
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ३

हुँदै स्याँस्याँ तप्छन् अझ पनि अनेकौँ कहरमा
जुधेका छन् खाली पयर अमिला ती बगरमा
भए छन् सन्यासीसरह अब के गर्छ धनले ?
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ४

न खोज्छन् राम्रो नै नरम छभने गाँस निलिए
हजारौँ इच्छाका गतिविधि सबै ती उखलिए
सहाराका स्वामी जप अब भनी भन्छ मनले
खपेका छन् पीडा निशिदिन कठै ! वृद्ध जनले ।। ५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x