साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिबको गायक

नेताहरूलेझैँ मैले पनि बुझेको छु, गरिबहरूलाई सजिलैसँग मूर्ख बनाउन सकिन्छ, झुक्याउन सकिन्छ र ठग्न सकिन्छ । म गायनको आफ्नो धन्दा छाड्न सक्तिनँ ।

Nepal Telecom ad

सरण राई :

मर्सिडिज बेन्च कारमा चढेर गरिबको गायक आए । दुई लहरमा पंक्तिबद्ध उभिएका गरिब कामदारहरूले जोड जोडले ताली बजाएर स्वागत गरे । एकजना मजदुरले ग्रिज, मोबिल लागेको आफ्नो मैलो हात गरिबका गायकतर्फ बढाए । गायकले हात मिलाएनन् । पंक्तिबद्ध उभिएका गरिब कामदारहरूको ताली अचानक बन्द भयो तर गरिबको गायकले वास्ता गरेन ।

पत्रकारहरूले गरिबको गायकलाई विविध प्रश्नहरू सोधे । एउटा प्रश्न— “किन तपाईँलाई गरिबका गायक भनिन्छ ?”
“गरिबको गीत गाएर मैले नाम, दाम र यश कमाएको छु । मेरो ‘गरिबको गीत’ एल्बम लाखौं बिक्रि भयो र अझै भइरहेछ । मेरो ‘स्टेज प्रोग्राम’ गरिबहरूमाझ अत्यन्त लोकप्रिय छ । गरिबको गीत गाएर अहिले म करोडपति भएको छु । त्यसैले मलाई गरिबका गायक भन्छन् ।”

“किन करोडपति भएर पनि तपाईँ अझै गरिबको गीत गाइरहनु भएको छ ?”
“पहिला म असाध्य गरिब थिएँ र गरिबको गीत मेरो हृदयको आवाज थियो । गरिबको गीत गाएर लोकप्रिय भएँ, करोडपति भएँ । अहिले म गरिबको गीत ब्यापारको लागि गाउँछु, अरबपति हुन गाउँछु ।”

“त्यसैले होला, तपाईँको गीत पहिलाजस्तो मधुर हृदयस्पर्शी छैन । आडम्बरी स्वरमा गाईरहनु भएको छ भन्ने सुनिन्छ । यसमा तपाईँको प्रतिक्रिया ?”
“हुनसक्छ, अब मैले गाएका गीतहरू गरिबको हृदयको पुकार हुन सकेका छैनन् । कारण मैले गरिबको पीडा बिर्सीसकेको हुँला । त्यसैले मेराे गायन मर्मस्पर्शी नभएका होलान् ।”

“त्यसो भए अब तपाईँ गरिबको गीत गाउँन छाड्नु हुन्छ ?”
“अँ हँ, म अझै गरिबको गीत गाईरहन्छु । गरिबको पुकार समाजमा गुञ्जायमान पार्नका लागि होइन । नेताहरूले गरिबको कुरा गर्न छाडेँभने उनीहरू नेता भई रहन सक्तैनन् र गरिबको कुरा गरिरहन्छन् । नेताहरूलेझैँ मैले पनि बुझेको छु, गरिबहरूलाई सजिलैसँग मूर्ख बनाउन सकिन्छ, झुक्याउन सकिन्छ र ठग्न सकिन्छ । म गायनको आफ्नो धन्दा छाड्न सक्तिनँ । धन्दामा टिकिरहन गरिबको गीत गाईरहन्छु ।”

०००
धरान

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दाेधार

दाेधार

सरण राई
पाल्तु

पाल्तु

सरण राई
औसत मान्छे

औसत मान्छे

सरण राई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x