साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हतियार

हतियारको आयु बढाउन हतियारलाई कि अर्जाप्नुपर्छ कि त्योभन्दा बलियो अर्को बनाउनुपर्छ कमरेडहरूले सक्लान् ? माफ गर्नोस् मित्र ! विचारलाई मैले हतियार भनेको छु ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

कमरेडहरू
दुई हजार छ सालमा बनेको हतियार बोकेर
युद्धमैदानमा तैनाथ छन् ।
कमरेडहरूले
कहिले रुसको नक्कल गरे
कहिले चीनको नक्कल गरे
कहिले भारतका नक्सलवादीहरूको नक्कल गरे
नक्कल गर्दागर्दै धार झरेर
हतियार काम नलाग्ने भयो
तर यतिका वर्ष बितिसक्दा पनि
हतियारमा साँध लगाएका छैनन् ।
कमरेडहरूले
नेपाल अनुकूलको हतियार कहिल्यै बनाएनन्
धेरैपछि जबजको आविष्कार भयो
तर आविष्कारकलाई भित्र र बाहिरका
सबै मिलेर त्रिशूलीमा डुबाए
उनका सहयात्रीहरूले पनि त्यो हतियारलाई चलाउन जानेनन्
बरु त्यसलाई कमाएर खाने भाँडो बनाए ।
कमरेडहरूले
जबजको मेन गेट खुल्लै राखे
कुनै चेकजाँच गरेनन्
कुनै निरीक्षण गरेनन्
जसलाई पनि भित्र पस्न दिए
त्यो गेटबाट डाँकाहरू पनि पसे
चोरहरू पनि पसे
तस्करहरू पनि पसे
गुन्डाहरू पनि पसे
बलात्कारीहरू पनि पसे
भ्रष्टाचारीहरू पनि पसे
कोही कोही सज्जनहरू बल्लबल्ल पसेका थिए
तर उनीहरू आफ्नै घरभित्र शक्तिहीन भए
अनि आफ्नै घरभित्र अल्पमतमा परे ।
कमरेडहरूले
भुत्ते भएको हतियारमा साँध लगाएनन्
बनेको तर दुरुपयोग भएको हतियारलाई
सही सदुपयोग गरेनन्
अथवा अरू कुनै नयाँ हतियार पनि बनाएनन् ।
विज्ञानको नियम अनुसार
आयु पुगेपछि
सिद्धिनुबाहेक
अरू कुनै उपाय छैन
तर विडम्बना !
कमरेडहरू
धार नभएको त्यही पुरानो
अथवा बनेर पनि दुरुपयोग भइरहेको
हतियार बोकेर
अहिले पनि युद्धमैदानमा तैनाथ छन् ।
हतियारको आयु बढाउन
हतियारलाई कि अर्जाप्नुपर्छ
कि त्योभन्दा बलियो अर्को बनाउनुपर्छ
कमरेडहरूले सक्लान् ?
माफ गर्नोस् मित्र !
विचारलाई मैले हतियार भनेको छु ।

—–
जबज: जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद ।

०००
२०८० मङ्सिर १९
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x