साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्वाइँराजाहरूको नाममा !

म र म जस्ता ज्वाइँराजाहरू होसियार अब, छोरीको हातमा भान्छाकोठाको मात्र होइन सिङ्गो देश चलाउने चाबी छ । ज्वाइँराजाहरूको, ज्वाइँसाबहरूको रवाफ चल्दैन अब ।

Nepal Telecom ad

गायत्री लम्साल :

आहा गज्जब,
एउटा राजा फालेर ध्वाँस किन लाउनु ?
डेढ करोड भन्दा बढी
हामी ज्वाइँराजाहरू सशक्त छौँ ।
छोरीका पहिचान र अस्तित्व
नामेट पारेका हामीलाई
केही मानेमा कमजोर नसोच्नू ।

हाम्रो ससुराली सिङ्गो मुलुक भएपछि
मेजमानी खान रोक्ने कसको तागत ?
काम नै नगरी मिठो खान पाएपछि
ज्वाइँराजाको सम्मानमा,
जे–जे गरे तापनि,
मिष्ठान्न भोजनको साथमा
गुन्द्री र गलैँचाको तातो सम्मान पाएपछि ।

मौका मिल्नासाथ हात्ती समाइन्छ
देशको भएजतिको विकास बेचेर
बेहिसाब रमाइन्छ ॥
उमेर समुहको नाममा
एक्स, वाई, जेड, अल्फा, बिटा
जे–जे भन्नुहोस्,
पेशाको नाममा
कर्मचारी, नेता, व्यापारी आदि इत्यादि
सबै सेम माने उस्तै
ज्वाइँकै प्रजाति हौँ ॥

एउटी छोरी मारेर फाल्ने
त्यही ज्वाइँलाई,
अर्को छोरी दिने परिवार र आफन्त भएपछि
ज्वाइँको सान साँढेको भन्दा खतरा छ ।
त्यसैले त देश अहिले,
ज्वाइँहरूलाई ससुरालीले दिएको
बिर्ता भएको छ ॥
त्यसैले अलिकति भएको विकास
समेत फिर्ता भएको छ ॥

आफ्नो घर बिगार्ने अनि
अरुको घर समेत भत्काउने
म र म जस्ता ज्वाइँराजाहरू
होसियार अब,
छोरीको हातमा
भान्छाकोठाको मात्र होइन
सिङ्गो देश चलाउने चाबी छ ।
ज्वाइँराजाहरूको, ज्वाइँसाबहरूको
रवाफ चल्दैन अब,

आफ्नो पहिचान जोगाउनलाई
कुरा काट्न छोडी काम गर्न थालौँ
खुराफाती छोडेर कर्ममा रम्न थालौँ ।
पुस्तौँपुस्ता देखिको घमण्ड नपालौँ
इमान र नैतिकतालाई कौडीमा नफालौँ ।
अन्याय र अत्याचारको बत्ती नबालौँ
देश बचाउने, जोगाउने र फलाउने
आमाहरूको सम्मान गरौँ ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
9 months ago

ज्वाइँसाहबहरूको धुत्छ र रवाफमा गतिलो फापट

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
1
0
Would love your thoughts, please comment.x
()
x