साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दबाई कि सवाई

नगर भैगाे दबाई मेराे गला याे दबाइ भाेगेरै लेखें देखेरेै लेखें आज याे सवाई । तर्सनु काेही पर्दैन यहाँ जाे ठगी गर्दैन जानेरै ठगी गर्दछ भने बैतर्नी तर्दैन ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

(कसैको जीवनसँग मेल खाएमा संयाेग मात्रै हुनेछ ।)

दबाई खाँदा दबाइ दियाे शरीर बेसरी
दबाई लेख्ने डाक्टर-बाट बँच्ने हाे कसरी ?

विरामी सन्चाे भएन झनै विरामी फैलाए
दबाई बेच्ने दलाल सबै मुला झैं माैलाए ।

निमुखा जन गरिब कठै ! नपाई दबाई
दैवले लान्छ कालले खान्छ निल्दछ चबाई ।

सर्कारी भए विरामी बढे त्याे टन्टा मान्दछ
निजीमा भए विरामी बढे आम्दानी ठान्दछ ।

लागेमा रूघा छ थरि दिन्छ गाेदेर दबाई
बनेर विज्ञ सहर डुल्छ चढेर हवाई ।

डाक्टर जस्तो मिल्दैन काेही ओैँलामा गनेर
हर्निया भए सर्जरी गर्छ पत्थरी भनेर ।

गम्भीर भनी विरामी लान्छ ICU काेठामा
जाेडेर भेन्टी-लेटर भन्छ सास छ ओठमा ।

विरामी ठान्छ डाक्टर साब देवता समान
डाक्टर साब विरामी थाेत्रा कबाडी नठान ।

सेवा नै धर्म डाक्टरी कर्म सेवाकाे पेशा याे
लालच यति बढ्याे कि दैव ! पैसाकै नसा भाे ।

नगर भैगाे दबाई मेराे गला याे दबाइ
भाेगेरै लेखें देखेरेै लेखें आज याे सवाई ।

तर्सनु काेही पर्दैन यहाँ जाे ठगी गर्दैन
जानेरै ठगी गर्दछ भने बैतर्नी तर्दैन ।

छ सेताे काेट लागेमा दाग जाँदैन धाेएर
लागेमा खाेट इज्जत माथि फर्किन्न राेएर ।

डाक्टर तिमी जीवन-दायी दबाई पिलाऊ
डाक्टर हाम्राे आशाकाे दीप भराेसा दिलाऊ ।

०००
२०८२ कार्तिक ५ (गेवर्द्धन पूजा / म्ह पूजा )
रेसुङ्गा न पा २, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भुँडी पुराण कि जय !

भुँडी पुराण कि जय...

रामप्रसाद पन्थी
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x