रामप्रसाद पन्थीदबाई कि सवाई
नगर भैगाे दबाई मेराे गला याे दबाइ भाेगेरै लेखें देखेरेै लेखें आज याे सवाई । तर्सनु काेही पर्दैन यहाँ जाे ठगी गर्दैन जानेरै ठगी गर्दछ भने बैतर्नी तर्दैन ।

रामप्रसाद पन्थी :
(कसैको जीवनसँग मेल खाएमा संयाेग मात्रै हुनेछ ।)
दबाई खाँदा दबाइ दियाे शरीर बेसरी
दबाई लेख्ने डाक्टर-बाट बँच्ने हाे कसरी ?
विरामी सन्चाे भएन झनै विरामी फैलाए
दबाई बेच्ने दलाल सबै मुला झैं माैलाए ।
निमुखा जन गरिब कठै ! नपाई दबाई
दैवले लान्छ कालले खान्छ निल्दछ चबाई ।
सर्कारी भए विरामी बढे त्याे टन्टा मान्दछ
निजीमा भए विरामी बढे आम्दानी ठान्दछ ।
लागेमा रूघा छ थरि दिन्छ गाेदेर दबाई
बनेर विज्ञ सहर डुल्छ चढेर हवाई ।
डाक्टर जस्तो मिल्दैन काेही ओैँलामा गनेर
हर्निया भए सर्जरी गर्छ पत्थरी भनेर ।
गम्भीर भनी विरामी लान्छ ICU काेठामा
जाेडेर भेन्टी-लेटर भन्छ सास छ ओठमा ।
विरामी ठान्छ डाक्टर साब देवता समान
डाक्टर साब विरामी थाेत्रा कबाडी नठान ।
सेवा नै धर्म डाक्टरी कर्म सेवाकाे पेशा याे
लालच यति बढ्याे कि दैव ! पैसाकै नसा भाे ।
नगर भैगाे दबाई मेराे गला याे दबाइ
भाेगेरै लेखें देखेरेै लेखें आज याे सवाई ।
तर्सनु काेही पर्दैन यहाँ जाे ठगी गर्दैन
जानेरै ठगी गर्दछ भने बैतर्नी तर्दैन ।
छ सेताे काेट लागेमा दाग जाँदैन धाेएर
लागेमा खाेट इज्जत माथि फर्किन्न राेएर ।
डाक्टर तिमी जीवन-दायी दबाई पिलाऊ
डाक्टर हाम्राे आशाकाे दीप भराेसा दिलाऊ ।
०००
२०८२ कार्तिक ५ (गेवर्द्धन पूजा / म्ह पूजा )
रेसुङ्गा न पा २, गुल्मी
Subscribe
Login
0 Comments
Oldest








































