सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रङ फेर्ने छेपारो

पल पल उही विषधारी नजिक गैरहेका हुन्छन् विषधारीलाई जब उनीहरूले चिन्नेछन् त्यसबेलासम्ममा धेरै ढिलो पो भैसक्छ कि ?

Nepal Telecom ad

चिनेर पनि
कसैले चिनेन छेपारोलाई
रङ फेर्छ प्रतिपल
पलमै मुस्कुराउँछ
पलमै गोहीको आँसु झार्छ
यथार्थ हो कि अभिनय
छुट्याउँनै गाह्रो
गफले पहरा फोर्छ
आश्वासनको मनभोग चटाउँछ
रगत लतपतिएको
छेपारोको जिब्रो देखेर पनि
किरा फट्यांग्राले
बुझ्नै सकेनन् सत्य
पल पल उही विषधारी नजिक गैरहेका हुन्छन्
विषधारीलाई जब उनीहरूले चिन्नेछन्
त्यसबेलासम्ममा धेरै ढिलो पो भैसक्छ कि ?

तरहरा (सुन्सरी)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल