साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहार

नजिकका मित्रहरूले आइफोनको आशा गरेका थिए । केहि साथीहरूले ड्युटी फ्रि सपबाट टन्नै स्कच ल्याउन सम्झाइरहेका थिए ।

Nepal Telecom ad

खाडीको मरुभूमिमा बिदेसिएको तीन वर्षपछि उसले एक महिनाको छुट्टी पायो । छुट्टी मिलेको थाहा पाएपछि उसले तुरून्त टिकट काट्यो । आफ्नो देश फर्कन पाएको खुसीमा फुर्किंदै उसले घरमा फोन गरेर भन्यो— ‘आजको दुई हप्तामा घर आउनेछु ।’

सहकर्मी साथीहरूलाई पनि उसले सुनायो— ‘बुझ्यौ ! आजको दुई हप्तामा केटो आफ्नै गाउँ पुग्छ ।’
कामबाट बचेको समयमा उसले किनमेल गर्ने विचार गर्‍यो । बालाई फोटोसमेत खिच्न मिल्ने मोबाइल, आमालाई घडी र कपडा, श्रीमतीलाई चप्पल जत्रो मोबाइल, सिक्री र कपडा, छोराछोरीलाई कपडा । छिमेकका काकाहरूको परिवार, साथीहरू, विदेश जाँदा ऋण दिने कान्छा साहु, उधारो सामान दिने भक्ते दाइ, मावलीहरू, ससुराली, श्रीमतीका नजिकका आफन्त… निकै लामो लिस्ट बन्यो ।

छोराले आइप्याड भन्दै थियो । छोरीले साथीहरूको घरको भित्तामा टाँसेको जस्तै पातलो र लामो टिभी ल्याउनू भनेकी थिई । नजिकका मित्रहरूले आइफोनको आशा गरेका थिए । केहि साथीहरूले ड्युटी फ्रि सपबाट टन्नै स्कच ल्याउन सम्झाइरहेका थिए ।

उसले हिसाब गर्‍यो । कतैबाट पनि हिसाब मिलेन । कसरी सन्तुलन मिलाउने होला भनेर धेरै बेरसम्म गम खाएर बस्यो ।
‘तीन वर्ष विदेश बसेको हामीलाई किन सम्झन्थ्यो ?’
‘जाबो एक चिज त रहर गरेको हो, तोलाको वचन खोलामा फालिएछ ।’
‘फलानो आउँदा त यो-यो ल्याएको थियो ।’

सामना गर्नुपर्ने यस्ता सम्भावित प्रश्नहरूको कठघरामा ऊ उभियो । त्यसपछि उसले बलियो तर क्रुर निणर्य गर्‍यो । भोलिपल्ट घरमा फोन गर्‍यो— ‘काम गर्ने ठाउँमा इमर्जेन्सी परेर छुट्टी मिलेन । कम्पनीले टिकट पनि क्यान्सिल गरिदियो । दुई वर्षपछि पक्का आउनेछु ।’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
संस्कार

संस्कार

डा.रवीन्द्र समीर
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
बैठक

बैठक

भोलानाथ सुबेदी
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
उखान, इख र अङ्कलको टिभी

उखान, इख र अङ्कलको...

दामाेदर न्याैपाने
बाढीको पाठ

बाढीको पाठ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x