साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता

प्रतियोगितामा आफ्ना मौलिक हास्यव्यङ्ग्य रचना पठाएर सहभागी बन्न स्रष्टा महानुभावहरूलाई नगरपालिकाले आव्हान गरेको छ ।

Nepal Telecom ad

गोकर्णेश्वर नगरपालिका, जोरपाटी, काठमाडौँले आगामी २०७८ चैत्र १८ गते, आरूबारी चोकमा राष्ट्रिय हास्यव्यङ्य विशेष कविता प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

गोकर्णेश्वर नेपाली हास्यव्यङ्ग्यको मानक खडा गर्ने व्यक्तित्व स्व. भैरव अर्याल हुर्केबढेको र २०३३ सालमा मृत्यू वरण गरेको ठाउँ पनि हो । भैरव अर्यालप्रति सम्मान प्रकट गर्दै राष्ट्रिय रुपमै हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

उक्त प्रतियोगितामा आफ्ना मौलिक हास्यव्यङ्ग्य रचना पठाएर सहभागी बन्न स्रष्टा महानुभावहरूलाई नगरपालिकाले आव्हान गरेको छ । समसामयिक विषयमा २०० शब्दमा नबढाई संविधान, कानून र कसैको चरित्र हत्या नहुने गरी लेखिएको र यस अगाडि कतै प्रकाशित वा प्रशारित नगरिएको रचना हुनुपर्ने कुरा पनि उल्लेख गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट ६ वटा कवितालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम पुरस्कारको निम्ति रू. ५०,०००/-, द्वितीय पुरस्कारको निम्ति रू. ३०,०००/-, तृतीय पुरस्कारको निम्ति रू. २०,०००/- र सान्त्वना पुरस्कार ३ जनाका लागि जनही रू. १०, १० हजार प्रदान गरिने छ ।

नगरपालिकाले प्रतियोगी हास्यव्यङ्ग्य कविता आइपुग्ने अन्तिम मिति २०७८ चैत्र १० सम्म तोकेको छ । प्राप्त रचनाहरूमध्ये विज्ञसमूहको मूल्याङ्कनका आधारमा वाचनका लागि छनोट भएका स्रष्टाको नाम प्रकाशन गरी कार्यक्रम हुने दिन ती स्रष्टा स्वयंलाई आफ्नो रचना वाचनका लागि आमन्त्रण गरिनेछ र पुरस्कृत ठहरिएका स्रष्टालाई पुरस्कार वितरण गरिनेछ । प्रतियोगितात्मक कार्यक्रम चाहिँ २०७८ चैत्र १८ गते बिहान १० बजे, गोकर्णेश्वर नगरपालिका , आरूबारी चोकमा आयोजना हुने जनाइएको छ ।

प्रतियोगी कविता स्पष्ट र बुझिने गरी टाइप गरेर रचनाकार स्वयं उपस्थित भई गोकणर्ेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन सकिने तथा gokarneshwor.shikshya2019@gmail.com इमेलमा पठाउन सकिनेछ । रचनाकारले कविता सहित आफ्नो नाम, ठेगाना, मोवाइल नं., इमेल ठेगाना र पासपोर्ट साइजको हालसालै खिचेको फोटो संलग्न गर्नुपर्ने पनि जनाइएको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x