साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भट्टराईको पावर अफ पर्स/थैलीको तुजुक प्रकाशित

भट्टराईद्वारा लिखित ‘पावर अफ पर्स/थैलीको तुजुक’ उहाँको छैटौँ हास्यव्यङ्ग्य निबन्ध कृति हो ।

Nepal Telecom ad

पोखरा, २०७८ फागुन २७ । पोखरेली हास्यव्यङ्ग्य निबन्ध स्रष्टा शेषराज भट्टराईको नयाँ हास्यव्यङ्ग्य कृति ‘पावर अफ पर्स/थैलीको तुजुक’ प्रकाशित भएको छ ।

विविध विषयक्षेत्रका विसङ्गतिमाथि कलात्मक प्रहार गर्दै सिर्जना गरिएका ४८ वटा हास्यव्यङ्ग्य निबन्धहरू ‘पावर अफ पर्स/थैलीको तुजुक’ मा सङ्गृहीत छन् । सङ्ग्रहमा परेका भट्टराईका कतिपय निबन्धहरू फित्कौली डटकममा प्रस्तुत हुँदै आएका थिए । भट्टराई फित्कौली डटकमका नियमित व्यङ्ग्य लेखक समेत हुनुहुन्छ ।

भैरव अर्यालका नाममा स्थापित भैरव पुरस्कार गुठीद्वारा प्रदान गरिने भैरव प्रतिभा पुरस्कार २०७२ बाट सम्मानित समेत हुनुभएका भट्टराईद्वारा लिखित ‘पावर अफ पर्स/थैलीको तुजुक’ उहाँको छैटौँ हास्यव्यङ्ग्य निबन्ध कृति हो ।

भट्टराईका यसअघि ‘ऋषिमुनिका सन्तान सिसीमुनी’ (२०५९), ‘जातले पकाएको भात’ (२०६७), ‘कहिले सासूको पालो कहिले बुहारीको पालो’ (२०६९), ‘तावाबाट उफ्रिएको माछो भुङ्ग्रोमा’ (२०७१), ‘धर्मको धोक्रो’ (२०७४) हास्यव्यङ्ग्य कृतिहरु प्रकाशित भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x