फित्काैली डटकमतारादेवी सुनुवारको दशौँ कृति ‘शून्यदेखि पूर्णसम्म’ विमोचित
'शून्यदेखि पूर्णसम्म’ (मान सरोवर) यात्रा नामक पुस्तक वरिष्ठ कवि एवं पूर्व मुख्य सचिव विमल कोइराला, आध्यात्मिक चिन्तक एवं गोरखापत्रका पूर्व सम्पादक कमल रिजाल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालालगायतले विमाेचन गर्नु भयाे ।
काठमाडौँ । नेपाली र सुनुवार भाषाकी चर्चित कवि तथा सामाजिक अभियन्ता तारादेवी सुनुवारको दशौँ कृति विमोचन भएको छ । नागपञ्चमीको अवसरमा नियात्राका रूपमा उनको दशौँ कृतिको सार्वजनिक भएको हाे ।
‘शून्यदेखि पूर्णसम्म’ (मान सरोवर) यात्रा नामक पुस्तक वरिष्ठ कवि एवं पूर्व मुख्य सचिव विमल कोइराला, आध्यात्मिक चिन्तक एवं गोरखापत्रका पूर्व सम्पादक कमल रिजाल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्याल, चलचित्रकर्मी मुकुन भुषाल, संविधानसभा सदस्य माननीय यज्ञराज सुनुवार लगायतले पुस्तक विमोचन गर्नुभएको थियो ।
नेपाली साहित्यमा सुनुवारका ‘परिस्थिति’ (कवितासङ्ग्रह, २०७३), ‘अविरल’ (कवितासङ्ग्रह, २०७५), ‘सम्झनाका फूलहरू’ (गजलसङ्ग्रह, २०७८), ‘युद्धभूमिमा डामिएको मन’ (अनुभूति–संस्मरण, २०८१) र ‘जिर्मा’ (कवितासङ्ग्रह, २०८२) प्रकाशित छन् । बाँकी ४ पुस्तक सुनुवार भाषाका छन् । उहाँका दर्जनौँ गीतहरू पनि रेकर्ड भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै पूर्व मुख्यसचिव एवं कवि विमल कोइरालाले पुस्तकले मानसरोवर क्षेत्रको यात्रा विवरण मात्र नभई त्यस क्षेत्रको अर्थशास्त्र र जनजीविकाबारे पनि गहिरो गरी छोएको बताउनु भयो । अर्थशास्त्री र साहित्य दुवैमा आफ्नो झुकाव रहेको बताउँदै कोइरालाले यी दुवै विषयलाई छुन सक्नु पुस्तकको विशेषता रहेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख वक्ता, गोरखापत्रका पूर्व सम्पादक तथा लेखक कमल रिजालले २० मिनेट लगाएर पुस्तकको साङ्गोपाङ्गो वर्णन गर्नुभयो । रिजालले पुस्तकको शीर्षकदेखि लेखकको परिचयसम्म पुगेर त्यसको गहिराइ नाप्ने प्रयास गर्नुभयो ।
समारोहमा बोल्दै शिक्षाविद् डा. बलराम तिमल्सिना र भानु प्रतिष्ठानका अध्यक्ष डिपी अर्यालले कृतिमा मानसरोवरको समाज, संस्कृति र जनजीवनको जीवन्त चित्रण गरिएकाले अध्ययन गर्न चाहने पाठकका लागि पुस्तक अति उपयोगी रहेको बताउनुभयो ।
त्यस्तै, जनजाति महिला महासङ्घकी अध्यक्ष शोभा सुनुवार, सुनुवार सेवा समाज संघीय अध्यक्ष अमृत सुनुवार र सुनुवार राष्ट्र सेवक समाजका अध्यक्ष अमरदीप सुनुवारले तारादेवीले लेख्नु भएकाे पुस्तककाे प्रशंसा गनुर्भयाे ।
त्यस्तै संविधान सभा सदस्य मन यज्ञराज सुनुवारले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कलाकार मुकुन भुषालले पुस्तकमा लेखकको आफ्नो भूमिप्रतिको अगाध प्रेम प्रस्ट झल्किएको र पाठकका लागि पुस्तक अत्यन्तै रोचक रहेको विचार राख्नुभयो ।
कार्यक्रमका सभापति एवं साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले लेखकको कडा मिहिनेत र साधनाबाट एक उत्कृष्ट एवम्जी वन्त कृति तयार भएको बताउँदै कार्यक्रमको विसर्जन गर्नुभएको थियो ।
०००
समाचार श्राेत : साहित्य पाेष्ट
Subscribe
Login
0 Comments
Oldest






































