साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लघुकथा दिवसको अवसरमा लघुकथा गोष्ठी सम्पन्न 

समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखनीको संख्यामा बढोत्तरी हुँदैजाँदा पनि लघुकथाको सर्वमान्य सिद्धान्त बन्न नसक्नु दुःखको कुरा भएको बताए ।

Nepal Telecom ad

काठमाडौँ । लघुकथा समाज,नेपालले १९ औं लघुकथा दिवसको अवसर पारेर लघुकथा गोष्ठी सम्पन्न गरेको छ ।

बिहिबार ठमेलमा आयोजित गोष्ठीमा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले लघुकथा लेखनीको संख्यामा बढोत्तरी हुँदैजाँदा पनि लघुकथाको सर्वमान्य सिद्धान्त बन्न नसक्नु दुःखको कुरा भएको बताए । आफुहरुले १९ बर्ष अघि सुरु गरेको लघुकथा दिवसलाई सबैतिर स्विकारिनु सुखद कुरा रहेको उनको भनाई थियो । उनले नेपाली साहित्यमा लघुकथाको संस्थागत विकास,सम्बद्र्धन र प्रवद्र्धनमा लघुकथा समाजले स्थापना कालदेखि नै भूमिका खेलेको बताए ।

उनले वर्तमान समयमा प्राज्ञिक क्षेत्रमा देखिएका,सुनिएका विकृति र विसंगतितर्फ संकेत गर्दै भने, ‘प्राज्ञिक रुपमा भएका वेथितिहरुले साहित्यलाई कमजोर बनाएको छ । हिजो सबैभन्दा बढी माला लाउनेहरु,सम्मान थाप्नेहरु अहिले हराएका छन् । गुमनाम भएर बाँचेका छन् । यो राम्रो भएन् । आफ्नो मन्तव्यको क्रममा उनले लघुकथा भाँडिएको छ । जेलाई पनि लघुकथा भनि छापिने गरेको छ ।’ लघुकथाका नाममा थुप्रै संस्थाहरु स्थापित भएका छन्,ती सबैलाई एउटै छातामुनि ल्याउन सके लघुकथा दिवस मनाउनुको सार्थकता हुनेमा उनको जोड थियो ।

डा.हरिप्रसाद भण्डारीले गोष्ठीमा बाचित लघुकथाहरुमाथि संक्षेपमा टिप्पणी गर्दै भने, ‘अधिकाँस वाचित लघुकथाहरु वर्तमान समयका विकृति र विसंगतितिर व्यङ्ग्य गर्ने गरी आएका छन् ।’ उनले लघुकथाबारे चर्चा गर्दै बताए ‘धेरै लघुकथाहरु पढियो,लेखियो तर लघुकथा बुझ्न जटिल हुन थालेको छ ।’ उनले लामो समयसम्म कालजयी हुने हिसावले सम्झिईरहन सक्ने लघुकथा उत्कृष्ट हुन्छ भन्नेतर्फ लघुकथाकार चनाखो हुनुपर्नेमा जोड दिए ।

लघुकथा केन्द्रका संस्थापक अध्यक्ष लता केसीले पनि लघुकथाको बारेमा बोलिन ।

समाजका अध्यक्ष कोइरालाले १९ औँ लघुकथा दिवसका अवसरमा विगतमा झैं त्रिद्धिवसीय रुपमा गोष्ठी,नाटक मञ्चन, पुरस्कार समर्पण लगायतका कार्यगरी मनाउने जानकारी दिए ।

गोष्ठीमा लघुकथाकार दीपक लोहनीले ‘आगो र पानी’,शोभा अधिकारीले ‘शंका’,सत्या अधिकारीले ‘अस्त्र’ र मन्दिरा मधुश्रीले ‘आदेश’ शिर्षकको लघुकथा वाचन गरे ।

यसैगरी,धुव्रराज थापा ‘पुरुष’ले ‘गाइजात्रे ‘लघुकथा,राधादेवी राजवंशीले ‘चाहाना’, शुषमा चित्रकारले ‘शब्दको खेती ‘वाचन गरेका थिए । यस्तै, प्रदीप सापकोटाले ‘पर्दा पछाडिको सत्य’,तारा केसीले ‘पच्चीस वर्षपछि’,सुमन सौरभले ‘बहाना’ वाचन गरे ।

कार्यक्रममा अतिथि लघुकथाकारहरु लता केसी,डा. हरिप्रसाद भण्डारीले पनि आआफ्नो लघुकथा वाचन गरेका थिए ।

समाजका अध्यक्ष तुलसीहरि कोइरालाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको सञ्चालन तारा केसी र स्वागत मन्तव्य श्रीबाबु कार्कीले राखे ।

०००
प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x