साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आघात

शल्य चिकित्सकले नियालेर हेरे । भित्री पत्रमा मांसपेशीका ठाउँमा बिक्रीनामाका कागजातहरू रहेछन् । कुनै दिल्लीका साहूले त कतिपय पश्चिमा मुलुका महाजनले किनेका रहेछन् ।

Nepal Telecom ad

योगीश कृष्ण :

शल्यचिकित्सकहरू चकित परे । जस्तो मुटु हुनुपर्ने त्यस्तो मुटु नैै छैन । आकारमात्र मुटुको छ । रक्त कोशिका फरक छ । रगत बहुरङ्गी छ । भित्री परत पनि विचित्रको । यो त मुुटु नै होइन, अरुथोक केही हुनुपर्छ । परीक्षण त गर्नै पर्‍यो ।

विरामी नेताजी भने घरि दुवै हात पसारिरहन्थे । घरि एउटा हात थाप्थे, अनि मुसुक्क हाँसेर कमरतिर हात पुर्‍याउँथे । मानो उनको लेनदेन चलिरहेको छ ।

यिनै नेताजी तीनचार दिनअघि मात्र भाषण गर्दै थिए– “मुलुकको अवस्था देखेर मेरो मुटु काँपिरहेको छ ।” जस्तो मुटु हुनुपर्ने हो, त्यस्तो मुटु नै रहेनछ । कसरी काँप्यो ? झुठ बोलेछन् ।

युवाहरू विदेश गएको लर्को देख्दा मुटु पोल्छ भन्थे । हावा गफ रहेछ ।
शल्य चिकित्सकले नियालेर हेरे । भित्री पत्रमा मांसपेशीका ठाउँमा बिक्रीनामाका कागजातहरू रहेछन् । कुनै दिल्लीका साहूले त कतिपय पश्चिमा मुलुका महाजनले किनेका रहेछन् । बाँकी रहेका भाग तस्कर, भूमाफिया, शिक्षा–स्वास्थ्य माफिया, तस्कर, भ्रष्टाचारीहरूका नाममा रहेछ ।

चिकित्सक बेहोश भए । शायद नेपाली नागरिकका हैसियतले आघात सहन सकेनन् ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x