साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा सुरक्षालय

यस्तो अवस्थामा सुरक्षाका लागि हाम्रा वर्गीय चिन्तनका स्वर्गीय नेताहरुले मुसाको प्राविधिक सहयोग लिई सुरुङ् खनेर स्वर्ग नामक तुरुङ्बाट उम्कने अवसर नपाउलान भन्न सकिन्न ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

श्री गणेशजी आफ्ना पिताजीसंग आज्ञा गर्नु हुन्छ – हे पर्वतालयका महामहिम हिमालय पग्लिएर सगरमाथातिर चढदो छ । हाम्रोघर सुमेरु पर्वतालयको अवस्था हरेक दृष्टिले विग्रदो छ । अब घर मन्त्रीले हाम्रो सुरक्षा प्रति सचेत नहुने हो भने भोली हामीले सपरिवार झोली तुम्वा बोकेर श्रीकृष्णजीलेझँै गोपिनीहरुकासाथ जसरी वृन्दाबन त्यागेका थिए ठीक त्यसरी नै पर्वतालय त्यागे हुन्छ । हुन त हाम्रो नेपालको सुरक्षा व्यवस्था प्रति असहमती जनाउँदै अर्का आधुनिक कृष्णजीले एउटी गोपिनीलाई रुवाएर छाता सुराही र ट्याङ्का सहित स्वर्गमा गए । त्यहाँ उनलाई सबैले घरवार बिहीन भनेर बस्नै दिएनन । गिर्जा बाउ, गणेशमान, मङ्गला देवी, शैलजादी किसुनजीको छाता, सुराही, ट्याङका खोसेर हातपात गरेछन् । मनमोहनजीले आश्रय दिन खोज्दा उहाँलाई पनि गिर्जा बाउले खाउँलाझैँ गरी लखेटे रे !

गनतन्त्र आको नेपालाँ घर मन्त्रालयले आफ्नै थिति सम्हाल्न नसकेकोले अरुको बेथिति प्रति विज्ञप्ति निकालेर खुशियाली साटनु बाहेक केही थिएन । बिचरा किसुनजीले यस्तो अवस्थामा घर मन्त्रालय आफ्नो हातमा लिन पाए कमसे कम छाता, सुराही र ट्याङकाको सुरक्षा त हुन्थ्यो । त्यो अवसर पनि नपाए पछि किसुनजीले स्वर्गमा पनि ठाउँ नपाएर आर्यघाट मै डेरा जमाउने बिचार गरे । जहाँ उनका लागि बीरेन्द्र र ऐश्वर्य स्वागत गर्न आतुरिएर बसेका थिए ।

गणेशजीको कुरा सुनेपछि पर्वतालयका महामहिम शिवजीले मुख खोले–बम भोले रेष्टुरेन्टको छोले भटुरे, देवालयको प्रसाद, मदिरालयको जल खाने र साँझ बिहान घाँसको बुझो हाल्नेलाई  थान्को लाउनु नौलो होईन ।

गणेशजीको चित्त बुझेछ क्यार र गललल हाँस्दै भने –पिताश्री पर्वतालय र मन्त्रालयमा मलाई त पर्वतालय नै ठूलोझैँ लाग्दछ । किनभने हाम्रो देशाँ मन्त्रालय पस्नेहरु पसेर निस्कन जान्दैनन । नपस्नेहरु पस्न पाए हुन्थ्यो भनि मरिहत्ते गर्छन् । तर किसुनजीले भने पर्वतालय र गोठालय नै ठूलो ठाने । त्यसैले त गिर्जा बाउले स्वर्गमा पुगेका उनलाई आईघाटमै फर्काए ।

खै कता बाट हो आवाज आयो – अथ राजनीतिक उवाच “अथ नेपाल देसस्य भ्रष्टराजनीतिक आचार संहिताय फेरि फेरि चुनावमा किसुनजीस्य विजेता घोषित रणनीति अख्तियार ग्रहण करोमी । स्वर्गलोकस्य निर्वाचन मण्डले आर्यघाटस्य निर्वाचन प्रभागस्य पराजित घोषणा करोमी उद्यत् ।”

यो आवाज गणेशजी, शिवजी सबैले सुने । दुवै तीन छक्क परे र सोच्न थाले – यो वाणी अवश्य पनि विष्णुको हुनु पर्दछ । उनले भनेका कुराहरु सबै सत्य हो । तसर्थ किसुनजीको सुरक्षार्थ पर्वतालयकै तर्फबाट घर मन्त्रालय गठन गरी कुरक्षाकर्मीहरुलाई सुरक्षाको जिम्मा दिनु उचित हो । दुवैले एकअर्काका भावना व्यक्त गरे, कुरा ठ्याक्कै मिल्यो र दुवैले आर्यघाटमा किसुनजी चुनाव लडने भएकोले सुरक्षा सहितको आवश्यक व्यवस्था मिलाउन आफ्ना गणहरुलाई आदेश दिए ।

यता स्वर्गमा रहेका मनमोहनजी त खुशी भए तर गीर्जा बाउ भने शिवजी र गणेशजीको निर्णय प्रति क्रोधित भै शाव्दिक ज्वालाग्नी निकाल्दै उफ्रन थाले– “ हे शिवजी तिमेरुले मेरो कुरा नसुनीकन घर मन्त्रालय गठन गरेर ट्याङ्के बुढालाई घँुडा धसाउने अवसर दियौ हगी । अब म तिमेरु दुवै बाउ छोरालाई पार्टीका तर्फवाट खाँटी कार्वाही गर्छु ।”

गीर्जा बाउको कुरा सुनेर सुमेरु घुमेर थाकेका गणेशजीलाई जङ्ग चल्यो – “हे आलु पनि नफल्ने तालु लिएर भालुको कन्पटझैँ भै स्वर्गमा पुगेका काङ्ग्रेसका भर्‍याङ् अव तिमीले स्वर्गमा पनि ठाउँ पाउदैनौ किनभने विचरो ट्याङ्का कुमारलाई थाङ्नामा सुताएर मरे पछि घाम पानी बाट जोगाउन छाता ओढाएर, सुराहीको पानी खुवाएर, पानले पुजा गरेर रुवाउन सम्म रुवायौ । हव तिमीले औला ठडयाएर, मुख बङ्ग्याएर कुनै फरक पर्दैन । बरु तिमी भने हाम्रो घर मन्त्रालयको कालो सुचीमा परेकोले नर्कमा पुर्‍याइ कार्वाही गर्नु नपरोस नि !”

शिवजीले पनि थपे – “बम भोला बर्षाउछु शब्दका बारुद् गोला कान खोलेर सुन्नु होला, मत्र्य लोकमाझैँ यहाँ छाडातन्त्र छैन । यहाँ त देवतन्त्र छ गणेशजीको गणतन्त्र छ, कुमारजीको कुतन्त्र छ , हाम्रो घर मन्त्रालय तिमेरुको गृह मन्त्रालय जस्तो होइन , यहाँ कानुन पेलेर नुन निकालिन्छ । नियम मिचेर यम जन्माइन्छ । तसर्थ नियम कानुनको क’राले व्यवहार सप्रदैन भन्ने कुरा तिमीले खाएर पचाइसकेका छौ । पचेर बचेको जुठो पुरो पनि तिमीले बिचरा ट्याङ्का कुमारलाई नदिएर थान्को लगायौ । जसको परिणाम आज स्वर्गमा तिमीले भोग्दैछौ ।

पर्वतालयका दुई महामहिमका कुरा सुनेर गिर्जाउ झस्याङ् भए र हतार हतार माफ मागे । देवाधी देव महादेव र छुसी मुसाका मालिक अव मैले जेजे गरे पनि आखिरी जानेरै गरे । भरे इन्द्रले स्वर्गमा थाहा पाए भने झाको झार्छन त्यसैले मेरो तालु खुइलेर बुद्धी बिग्रेको भन्ठानेर एक पटकका लागि माफसंगै मेरो बुद्धीलाई साफ गरिदिनु होला ।

गिर्जाउको कुराले गणेशजीको अंग रक्षकलाई साह्रै चित्त दुखेछ र मुख खोल्यो –“यो विश्वलाई थाहा छ को छुसी हो भनेर, तिमीलाई नेपाली जनताले छुसी बनाए, पार्टी भित्र जावो एउटा पाठी काटेर कार्यकर्ताको चित्त बुझाउन नसक्नेले हाम्रा कुरा काट्ने ! मेरो शक्तिसंग तिमी दाजिन सक्तेनौ । यदि तिमी म संग जोरी नै खोज्छौ भने छुसीको कर्तुतले तिम्रो सात्तो नजाओस् ।

भो भो अब पुग्यो म अब स्वर्गबाट बाहिर निस्कन्न । बरु स्वर्गमै भूमिगत बसेर राजनीति गरे भने विश्वका अगाडि चुच्चे नाकले बुच्चे नभैकन सुँढ पसार्ने अवसर त पाउने थियो । गिर्जाउ मुसा भएर नै गणेशजीको अङ्ग रक्षकका अगाडि कड्किए ।

स्वर्गमा आराम गर्न गएका राजनेताहरुको ङार्रङुर्र र गाँड कोतरा कोतरको अवस्था नयाँ भने होइन । किनभने नेपालको घर मन्त्रालय अन्तर्गतका मन्त्री देखि जन्त्री, तन्त्री, खन्त्री, सन्त्री,सबैलाई स्वर्गमा पुगे पछि सुरक्षाकै चिन्ता छ । तर घर मन्त्रालयले यस बिषयमा यस बिषयमा चासो दिएको देखिन्न । पूर्व प्रधानमन्त्री भै सकेका, घरमन्त्री, घर सचिव, तथा फौजी तर्फका प्रमुखहरुलाई पनि स्वर्गमा सुरक्षित ठाउँको र सुरक्षाको व्यवस्थागर्न नसक्दा कुन बेला ठुलो दुर्घटना हुने हो ठेगान छैन ।

अझ साँचो कुरा गर्ने हो भने स्वर्गमा ईन्द्र भगवान, यमराज लगायतका स्वर्गालयका महामहिम पर्वतालयका देवाधिदेव महादेव गणेश, कुमार, पार्वती, साढे, मुसा, मयूर आदि इत्यादी सबैका लागि घर मन्त्रालयले सामुहिक रुपमा सुरक्षालयको गठन गरी विवादलाई स्वाहा पार्ने प्रक्रृया अगाडि बढाउने छ भन्ने आशा गरे पनि भरोसा चाहिँ गर्न सकिन्न । किनभने नेपालको घर मन्त्रालय सधैँ विवादमा परिरहने गरेको यथार्थतालाई टाढैबाट पनि सहजै अनुमान गर्न सकिन्छ । अझ भन्नै पर्ने कुरा केहो भने नेपालको सुरषाको अनुमान हनुमानले गरे पछि काटी कुटी मिल्छ । अर्को तर्फ कुरक्षाका नायकहरु सुरक्षाकर्मीमा भर्ती भएपछि भने सुरक्षाकर्मीको अनुमान हनुमानले बढेमानको शरीर बनाएर बिचार गर्दा चाहिँ फरक पर्दछ । जसका कारण स्वर्गमा गएका बिचरा राजनेताहरु स्वर्गमा आराम गर्न नपाई छट्पटिएर बस्न बाध्य भएको स्पष्ट छ । यसको उचित व्यवस्थापन गर्नका लागि पर्वतालय हिमालयको सरकारले स्वर्गालयमा विशिष्ट श्रेणीको स्वर्गाधिश पद सिर्जना गरी स्वर्गीय नेताहरुको कुरक्षागर्न सक्ने प्रवल र निश्चित सम्भावना छ ।

पर्वतालयका महामहिमहरु देवाधिदेव महादेव गणेश कुमार पार्वती लगायतकाहरुको बीचमा भएको लामो विवाद नै मुख्य रुपमा स्वर्गीय भएर पनि वर्गीय चिन्तनमा व्यस्त नेताहरुको फेहरिस्त तयार पार्दा देखिको हो । अब यस्तो अवस्थामा सुरक्षाका लागि हाम्रा वर्गीय चिन्तनका स्वर्गीय नेताहरुले मुसाको प्राविधिक सहयोग लिई सुरुङ् खनेर स्वर्ग नामक तुरुङ्बाट उम्कने अवसर नपाउलान भन्न सकिन्न । तसर्थ स्वर्गीय नेताहरुको नियत प्रति बद्नियत पूर्ण व्यबहारबाट सुरक्षाको समस्या देखिएको कुरा पर्वतालयका महामहिमहरुले स्वर्गका महामहिमहरुसंग लिएको बयानबाट स्पष्ट हुन्छ ।

घर मन्त्रालयले यो विषयलाई महत्वका साथ प्राथमिकता क्रममा राखेर स्वर्गीय मामिला छानविन आयोग गर्नु उचित ठहर्छ । नव गठित आयोगले अनुसन्धान पछाडि सारेमा घरमन्त्रीको जागिरले स्थायीत्व पाउने कुरामा ढुक्क नभए पनि निर्धक्ताका साथ आयोग गठनको स्वागत गर्न सकिने देखिन्छ । तर एउटा कुरा के भने अभुतपूर्व मन्त्रीलाई आयोगाध्यक्ष बनाइएमा स्वर्गमा बबण्डर मच्चिने प्रायः निश्चित छ । यसको नेतृत्व स्वर्गीय शान्ति प्रक्रियाका महापण्डित गिर्जाउले गरेमा सबैले धारे पारेर स्वागत गर्ने कुरालाई इन्कार गर्न सकिन्छ ।
तर एउटा प्रमुख कुरा के हो भने यदि स्वर्गमा गिर्जाउ नगएको भए नर्कमा मात्र होईन मत्र्यलोकमा समेत उनको गुनगान गाउन सबै तम्सिन्थे होलान् ।

०००
उदयपुर

सिंहदरवारका नर्सिंहहरू (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x