अमर अधिकारीचार खित्कौली
चिया पसलेः बाटोको छेउँमा गाडिएको ह्यूमपाइपलाई किन ढल भनिएको रहेछ ? किराना पसलेः ठाडो पार्नु नपर्ने र ढलिराख्ने भएकोले ढल भनिएको होला नि त !

अमर अधिकारी :
लेखकः डाइबरले त गाडी चलाउने भएर चालक भनियो, केही पनि नचलाउने खलाँसीलाई किन सहचालक भनिएको रहेछ ?
पाठकः थुतुनो चलाउने भएर होला नि !
-१-
बलवीरः उहिले हाम्ले पढ्दा ‘न’ लाई ‘निगरमुन्टे न’ भनिन्थ्यो, अहिले केलाई भनिन्छ? थाहा छ !
वीरबलः अहिले मोबाइल चलाउनेलाई निगुरमुन्टे भनिन्छ, किन कि उनीहरूले टाउको ठाडो पार्न गाह्रो मान्छन्।
-२-
चिया पसलेः बाटोको छेउँमा गाडिएको ह्यूमपाइपलाई किन ढल भनिएको रहेछ ?
किराना पसलेः ठाडो पार्नु नपर्ने र ढलिराख्ने भएकोले ढल भनिएको होला नि त !
-३-
आगन्तुकः यहाँ लोदरेको घर कुन होला ?
पसलेः ख्वै! लोदरे नाम गरेको मान्छे यो टोलमा बसे जस्तो लाग्दैन !
आगन्तुकः उहाँको नाम लोकेन्द्र दत्त रेग्मी हो क्या! उहाँलाई भेट्न हतार भएकोले मैले त छोटकरीमा भनेको।
-४-
०००
खुंग्री,, रोल्पा। हाल, बुढानिलकण्ठ, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































