साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम- ११

खासमा वैज्ञानिक न्युटन जन्माउन उनकी आमालाई गोप्य रुपमा सहयोग गर्ने नेपाली नेता नै थिए। जन्मदा थर उल्लेख नगर्ने सर्त गरेर कुरो मिलाइएको थियो। नत्र न्युटन नभई न्यौपाने हुने थियो।

Nepal Telecom ad

अर्जुन दाहाल  (क) :

हामी नेपालीहरू अति नै शंकालु र अनविस्वासी भएकोमा म आफैंलाई खेद छ। आधा भ्रम होला तर आधा सत्य पत्याउन पनि नसक्ने हाम्रो मनोदशा पुरानै हो। झापाका इन्जिनियर भाइबहिनीहरुले बनाएको मोटरसाइकल पत्याउन गाह्रो भए पनि झापाका नेताले भनेको चाहिँ पत्याउनु पर्छ।

नेपालीले गर्व गर्न लायक काममा नेपालीले नै शंका गरे पछि दुनियाँले पत्याउनेगरी कसरी गर्भ गराउन सकिन्छ भन्ने गम्भीर प्रश्न उब्जिएको छ। हाम्रै नेपाली नेताको पहलमा उत्तरदक्षिण कोरियाली नेताहरुको वार्ता भयो। नेपालीले शंका गरे।

हाम्रै नेपाली नेताको पहलमा हमासले अपहरण गरेका सर्वसाधारण छुटे, नेपालीले शंका गरे।

हालसाल मात्रै भारत पाकिस्तान युद्ध हुनबाट नेपाली नेताले जोगाए, नेपालीले नै शंका गरे।

यस्तो विश्वभर तहल्का मच्चाउने महत्त्वपूर्ण कामको खिसिटिउरी गर्ने नेपालीहरुको बौद्धिक स्तर देखेर ती नेताहरू कति दुखित हुन्छन् होला म अनुमान मात्र गर्न सक्छु।

अब रुस र युक्रेनलाई चांँडै नै वार्तामा ल्याउने काम हुँदैछ भनेर मैले पत्याएको छु। तपाईंले शंका गर्ने हक तपाईंलाई नै छ।

खासमा वैज्ञानिक न्युटन जन्माउन उनकी आमालाई गोप्य रुपमा सहयोग गर्ने नेपाली नेता नै थिए। जन्मदा थर उल्लेख नगर्ने सर्त गरेर कुरो मिलाइएको थियो। नत्र न्युटन नभई न्यौपाने हुने थियो। मानन्धर थरका मार्क्स जन्मनमा नेपाली नेताको गोप्य हातपात छ भनेर बुझ्नु हुँदैन त्यो आधा भ्रम/सत्य हो।

०००
(व्यङ्ग्य लेखक नुन चिनी पानी अमेरिकाका परिकल्पनाकार हुन्।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x