साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको कथा

अभाव गतिलो हैन तैपनि काम यो भयो पिलिक्क अहिले आयो र फेरि अहिले गयो लुकामारी चलेको छ साह्रै नै दुःख लाग्दछ यो भन्दा गतिलो किस्सा अर्को के हुन सक्तछ ?

Nepal Telecom ad

घनश्याम रेग्मी :

सन्तान घरका सारा झुम्दथे नेट नेटमा
बजाऊ जति नै घन्टी कोही पुग्दैन गेटमा
कसैको ध्यान नै हुन्न खानाका परिकारमा
खाना खाँदा भयौँ साथै आज ता परिवारमा ।

कोही आओस् कि वा जाओस् सरोकार कहाँ हुनु
कहाँ छन् घरका व्यक्ति कहिलेसम्म आउनु
आआफ्ना धुनमा मस्त कसैको छैन है भर
राम्रो मौका दियौ आज साथै छौँ अहिले तर ।

अभिभावक छोडेर साना बालक बालिका
मस्त ग्याजेटमा झुम्थे नेटका खेल तालिका
पुरानो खोजियो पुस्ता कहानी सुन्नका पथ
यो सबै कार्यका लागि तिमीलाई दिएँ जस ।

निकालिए पुराना ती टुकी बत्ती भए कतै
हरेक साँझमा यस्तै भए हुन्थ्यो सधैँ सधैँ
भान्साको काममा हात बढाए सकिए जति
धन्यवाद तिमीलाई राम्रो मौका दियौ यति ।

अभाव गतिलो हैन तैपनि काम यो भयो
पिलिक्क अहिले आयो र फेरि अहिले गयो
लुकामारी चलेको छ साह्रै नै दुःख लाग्दछ
यो भन्दा गतिलो किस्सा अर्को के हुन सक्तछ ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x