साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मास्टरको चिया

चिनी थेन भनौ भने भोलि बिहानै सबैलाई बोलाउन्र पर्छ, बरू नभन्यो ढुक्कै भन्नेमा सबै भए र जाडोको तातो कागती चिया सुर्क्याएर नोबोली नबोली घरतिर लागे।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

धेरै बर्ष अगाडिको कुरा हो, गाउँघरमा पढेलेखेका मान्छे ज्यादै कम थिए। केहि कुरा सोध्न खोज्न परे मास्टर कहाँ जान भन्थे ! पैसापुग नपुग भए मास्टरसँग नै लिनु दिनु गर्थे। कोही बिरामी पर्याे मास्टरलाई सोध्थे, कहाँ लाने कति पैसा लाग्ला पैसा पनि छैन दिन पनि पर्याे। कसैलाई सुई लाउनु पर्याे मास्टरनै चाहिन्थ्यो। विवाह गर्नु पर्याे केटा केटी खोज्ने हेर्ने सोध्ने र कुरा चलाई दिन माष्टरलाईनै भन्थे। गाउँमा कुनै नेता गिरी गर्न संगठन गर्न पर्यो माष्टरलाईनै हात लिन्थे। कुनै योजना बनाउने सामुदायिक काम गर्न पर्याे माष्टर नै अघि सर्नु पर्थ्यो ।एकछिन माष्टर तेस्ता काममा ढिला भयो भने आ माष्टर त गा छैन हाम्लाई के भन्थे गाउँको सारा सिरोभारो माय्टरकै हुन्थ्यो।

गाउँमा निरन्तर चिया पाक्ने घर पनि माष्टरकै हुन्थ्यो। बिहानमा भेट भएर चिया चुरोटको गफ मास्टर कहाँ नै हुन्थ्यो । कसैलाई भेट्न परे बिहानमा माष्टर कहाँ पुगे भैहाल्थ्यो । हिउँदको दिनमा त झन् माष्टरको घरमा आउने जाने पनि कति हो कति यसरी गाउँमा चलिरहेको थियो माष्टरको दिन चर्या।

सधैं एकनास हुने कुरा भएन माष्टरनी केहि दिनका लागि माईततिर लागेकी थिइन्। भित्र केछ के छैन के सिध्या छ के ल्याउनुपर्छ माष्टर्नी नभा पछि जे जे छ तेहि तेहि चलिराथ्यो माष्टर्नीको अनुपस्थितिमा । केटाकेटी पनि कोही आमासँग मावलतिर गएका कोही शहरतिर पढ्न हिंडेकाले माष्टर एक्लै चिसो तातो गरिराथे । तेहि थाहा पाएर पनि तेति मानिसहरू आएका थिएनन् आजकल माष्टरको घर ।

यस्तैमा एक दिन एउटा विषयमा माष्टरकै घरमा मिटिङ बस्नु पर्ने भयो ।चारपाँच जना समितिका मान्छेहरू जम्मा भए । मास्टर चिया पकाउन आफै भित्र गए। पानी र चियापत्ति उम्लेको उम्लियै छ चिनी सारातिर खोजी सके भेटेनन् । उनको पालो चिया छानेर गिलास गिलासमा हालेर ल्याएर दिँदै भने हेर है कुनै गिलासमा चिनी राख्न छुटे जस्तो लागेको छ । जस्को भागमा चिनी नभएको चिया गिलास पर्छ भोलि तेसैले उस्को घरमा मिटिङ राखेर चिया खुवाउनु पर्छ भनेर चिया दियो।

सबैले चिया लिए हत्तपत्त समातेर मलाई जाडो भाछ म त तानी हाल्ने हो एक सुर्को भन्दै कमलेले चिया घुट्काई हाल्यो। र भन्यो हत्तेरी मै पो परिछु चिनी राख्न बिर्सेकोमा भनेर भनि हाल्यो। अरू मुखामुख गरेर हाँसेर चिया पिउँदै गए एकछिन छलफल गरेर ल भोलि कमलेको घाम झुल्कने बित्तिकै है भनेर माष्टरले भने । हुन्छ हुन्छ भनेर सबैले एकै स्वरमा भने टर्रो मुखले बिचरा अक्करमा पार्याे माष्टरले । चिनी थेन भनौ भने भोलि बिहानै सबैलाई बोलाउन्र पर्छ, बरू नभन्यो ढुक्कै भन्नेमा सबै भए र जाडोको तातो कागती चिया सुर्क्याएर नोबोली नबोली घरतिर लागे।

माष्टरले यस्तो चलाकी पनि गाउँमा गर्थे सिकाउँथे। तेहि भएर चिनी भा खाए नि माष्टरको चिया बिना चिनी खाए नि माष्टरको चिया भन्ने गाउँले बोलीनै भा थ्यो एक ताका।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भक्याम्ले दाउरा

भक्याम्ले दाउरा

सुरेशकुमार भट्ट
नरिवल थाप्लामा

नरिवल थाप्लामा

सुरेशकुमार भट्ट
हो बाबु हो निगालै काढ्नु टुप्पाड

हो बाबु हो निगालै...

सुरेशकुमार भट्ट
जुँगा र मुगा

जुँगा र मुगा

सुरेशकुमार भट्ट
मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा

मास छर्ने काईदा, मासियो...

सुरेशकुमार भट्ट
स्वर्गमा सुरक्षालय

स्वर्गमा सुरक्षालय

माधव पोखरेल गोज्याङ्ग्रे
जागरणको घण्टी

जागरणको घण्टी

लक्ष्मी रिजाल
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x