साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ झिँगे खाना पाइन्छ

म गर्न लागें हिक्क हिक्क, हुन लाग्यो त्यहाँ बस्न दिक्क मेनेजरले मुस्काउँदै भन्यो हाम्रो पूर्णतया प्रदुषित होटलमा "सबै छ रेडियोएक्टिभ अर्गेनिक" तपाईंको स्वाद अनुरूप ठिकठिक।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

तिसौं शताब्दी स्वागतका लागि
जताततै होटलहरू थिए तैयार।
धुलो-धुवाँ शहरमा खोलिएको
“होटल प्रदुषण”मा पुगें सपरिवार।

गन्हाएको फोहरी प्लास्टिकले
सजाइएको थियो मूलद्वार।
ढ्यांग्रो ठटाएर गरियो सत्कार
क्या गज्जबका थिए आहार ।

कचरा कचोरी, एसेडिक आलुदम
“केमिकल कोरमा”, “प्लास्टिक पनीर”,
“मर्करी मोमो” “कार्बन चिया,
“डिटर्जेण्ट दही” “फोम कुल्फी”।

कर्मचारीको मलीन मुहार
अधकल्चो नीच व्यवहार
ल पढ्नुस् नाउँका प्रकार
आधुनिक नामधारी परिकार।

हरे! जब पढ्न लागे नाम
झण्डै भएँ बेहोश, कसलाई दिने दोष
धूलो मिक्स सुप, कार्बन करेला’,
पिभिसी परौठा’, ‘ढल सलाम’।

डिटरजेण्ट दाल’ कार्बाइड आम।
‘केमिकल खिचडी’, ‘ग्यास गोभी’,
‘मिसमास मःम’, ‘प्यात्त पिज्जा’
‘ब्याक्टेरिया बर्गर’, किटाणु काँक्रो।

बिग्रेको बिरियानी’, ‘सुकेको सस
‘कचरा कबाब’, ‘नालाफ्राइ बडा’
”टायर टिक्का’, ‘ग्याँस गुलियो’, ‘
बिषादी नुडल्स’, बालुवा सलाद।

चेर्नोबिलको रेडिएशन राइस”
विथ हल्का युरेनियमयुक्त आइस।
न्यूक्लियर नगेट्स, सिसा समोसा
बायोहाजार्ड बर्फी,फ्युजन फालुदा।

कचरा कचोरी,एसेडिक आलुदम
“केमिकल कोरमा”, “प्लास्टिक पनीर”,

“मर्करी मोमो” “कार्बन चिया,
“डिटर्जेण्ट दही” “फोम कुल्फी”।

क्लोरीन चाउचाउ
“मेटल मोमो” “लिड पकौडा”
“लेड लड्डू”मर्करी मिठाई”
एकमा एक फ्री छ बधाई।

पढेर मेनु जब बान्ता आउने गरी
म गर्न लागें हिक्क हिक्क,
हुन लाग्यो त्यहाँ बस्न दिक्क
मेनेजरले मुस्काउँदै भन्यो
हाम्रो पूर्णतया प्रदुषित होटलमा
“सबै छ रेडियोएक्टिभ अर्गेनिक”
तपाईंको स्वाद अनुरूप ठिकठिक।

एम्बुलेन्स छ तैयार,फेरि के को बवाल ?
केही भए फ्री, पुर्‍याइदिन्छौं अस्पताल।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x