साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो म खराब हुँ

देशका आवाज बोक्नेहरू लुटेरा हुन् सामजिक न्यायका आवाजहरू अपराधी हुन् चोर हुन्,डाँका हुन्,हत्यारा हुन् अवसरवादी जल्लाद सबैसबै हुन् देश कुर्नेहरू हामीझैं बदमास हुन् गलतविरोधी चेतनाहरू आतङ्क हुन् ।

Nepal Telecom ad

परशुराम कोइराला :

हो, म खराब हुँ
दर्शनलाई भेंडा,कुखुराका मासु !
उफ् मेराहरु !
गुरुङ्सेनी आमा, दिदीका तीनपाने !
उफ् मेराहरू !
मलाई पनि भैंसी गोठालाका अनुभव छ
मलेसियाका जङ्गलमा मूढा चिरेका अनुभव छ
सियासिया जोतेका अनुभव छ ।

गलत सहन पु्ज्न नसक्ने
महाबदमास पातकी हुँ
धेरै खराब छु र त तिमीलाई
म जीहजुर गर्न सक्दिनँ
कसैका पीडा सहन सक्दिनँ
अन्ध चाकर नहुने सबै खराब हौं
देशानुसार भेष नगर्नेहरू खराब हौं
भाँडा माझेर मजदुरी गरेर पढ्ने,खानेहरू
खराब नदेख्नु मेरो खराबी छ

डलर कमाउँन सक्दिनँ
युरो कमाउँन सक्दिनँ
ठग्न,लुट्न सक्दिनँ
अन्याय सहन सक्दिनँ
कसैका आइमाई फकाएर
घरवारै बिगार्न सक्दिनँ ।

हो, युरोप जानेका नजरमा नेपाल कुर्नेहरू सबै पागल हुन्
अमेरिका जानेका नजरमा यतै दुख गर्नेहरू सबै पागल हुन्
गरिवका आवाज बोक्नेहरू मुर्ख र बौलाहा हुन्
देशका आवाज बोक्नेहरू लुटेरा हुन्
सामजिक न्यायका आवाजहरू अपराधी हुन्
चोर हुन्, डाँका हुन्, हत्यारा हुन्
अवसरवादी जल्लाद सबैसबै हुन्
देश कुर्नेहरू हामीझैं बदमास हुन्
गलतविरोधी चेतनाहरू आतङ्क हुन्
अन्ध कुरीतिका भीड नरुचाउने, लुट नरूचाउने ,
गोलो पृथ्वीमा द्रव्यपिचास हुन नसक्ने
शक्ति दुरुपयोग पिपासु नरुचाउने
गति सिर्जनाप्रेमी निरन्तर नयाँ खोज्नेहरु झैं

हो, म खराबै हुँ नि त समय !
हो, हामीले लासहरूलाई जीहजुर गरेका छैनौं
माटोमा गद्धारी गरेर तिमी झैं कुलेलम ठोकेका पनि छैनौं ।
आउ मलाई पनि दण्ड मृत्यु चाहिन्छ ।

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ए मानिस !

ए मानिस !

परशुराम काेइराला
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x