साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहिले तपाईंकै तलवार चलेको पालो छ

स्वाभीमान बोकेका मुटुमा - राष्ट्रियता दुख्दै गर्छ खन्नुस् जनताका सपना उधिन्ने गरी खन्नुस् अहिले हजुरको हातमा मूर्खताको कोदालो छ मालिक ! तपाई जे भन्नुहुन्छ त्यही हुन्छ अहिले तपाईकै तलवार चनेको पालो छ।

Nepal Telecom ad

विवश पोखरेल :

आजकाल त म
गाईलाई पनि गधा देख्छु
गधाहरू पनि गाई भएका छन्
गजब छ –
तपाईंले बाँध्ने सुरुवालका इंजारहरू पनि
मेरा दृष्टिमा टाइ भएका छन्
तपाईंको प्रशंसाको जूनकीरी भएको छ यो सेबल
जसको अनुहार अँध्यारो भएपनि-
पिंध उज्यालो छ
मालिक ! तपाई जे भन्नुहुन्छ त्यही हुन्छ
अहिले तपाईंकै तलवार चलेको पालो छ ।

भन्न त भन्छन् भन्नेहरू-
अचेल हामी जन्मिएको माटो हरायो
पिउने पानी हरायो
हिड्ने बाटो हरायो
तर विरोधका जुलुस हाँक्ने ती लाटाहरूलाई
माटोको अर्थ थाहा छैन
विद्रोहका आगो ओकल्ने ती अन्धाहरूलाई
बाटोको अर्थ थाहा छैन
कसले भन्छ दुर्गतिको रसातलभित्र
भास्सिदैछ देश-
म त देख्छु जताततै अचेल
प्रगतिकै चरम उकालो छ
देशका सम्पूर्ण कुर्सीहरू ‘हाउसफूल’ छन्
कतै तपाईका भतिजा छन् कतै तपाईंको सालो छ
मालिक ! तपाई जे भन्नुहुन्छ त्यही हुन्छ
अहिले तपाईकै तलवार चलेको पालो छ ।

कतै शहीदका बलिदानका इतिहास छन्
कतै उजाडिएको सिउँदो छ
देशमा जतिसुकै अशान्ति होस्,
भाषणमा मानव अधिकार जिउँदो छ
क्या भाग्यमानी छन् जनताहरू
भाषण नै भाषणको गोरु नारेर
विकासको हलो गाउँबाट जोतिदैछ
चाउरी परेको शहरको कल्ले अनुहारमा
सौन्दर्यको लिपिष्टिक पाउडर पोतिदैछ
केही छैन जति उफ्रन्छन् उफ्रिउन् विरोधीहरू

आखिर लडाईं सत्ताकै त हो ?
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
स्वाभीमान बोकेका मुटुमा –
राष्ट्रियता दुख्दै गर्छ
खन्नुस् जनताका सपना उधिन्ने गरी खन्नुस्
अहिले हजुरको हातमा मूर्खताको कोदालो छ
मालिक ! तपाई जे भन्नुहुन्छ त्यही हुन्छ
अहिले तपाईकै तलवार चनेको पालो छ।

०००
पो.नं. १० विराटनगर
मधुपर्क (२०५४ भदाै)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
लडाइँ

लडाइँ

विवश पोखरेल
मुसे उत्पात

मुसे उत्पात

विवश पोखरेल
फिलिमरोग

फिलिमरोग

विवश पोखरेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x