साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुदेवको चकलेट

गुरु, छात्रहरूसित माग बिदा सिक दण्ड र बैठकको रमिता बलिया लठुवा जन साथ चुन जसरी तसरी गुरु डोन बन ।।

Nepal Telecom ad

रमेश खकुरेल :

चकलेट लिएर खुसुक्क गयौ
तर लेट गयौ र लुरुक्क गयौ
चक चूर्ण लिई करभित्र गयौ
गुरुजी किन गीत सुसेल्न गयौ ।।

ललना कुन छन् र यहाँ जगमा
जसका मनमा गुरुको सपना
धन नै धनको छ जहाँ रटना
अनि के बुझियोस् गुरुको महिमा ।।

चकलेट किनी न त खान सक्यौ
न त खान सिकाउन भन्न सक्यौ
चकलेट नखा तँ नखा तँ नखा
यतिबाट लियौ महिनौं तनखा ।।

सबले चकलेट दिए त दिए
प्रियका प्रिय साथ लिए त लिए
किन लोभ गर्‍यौ मनबाट झर्‍यौ
तरुमा न रह्यौ भुइँमा न पर्‍यौ ।।

चक फाल लगी कुच डष्टरले
सपना लिनु दु:ख छ माष्टरले
सुन कुण्डल कान लिएर भिर
अब यज्ञ नगै पबभित्र छिर ।।

गुरु, छात्रहरूसित माग बिदा
सिक दण्ड र बैठकको रमिता
बलिया लठुवा जन साथ चुन
जसरी तसरी गुरु डोन बन ।।

अनि हेर न आउँछ के रमिता
चकलेट लिई कतिका वनिता
कुन खानु तथा कुन छोड्नु गर
गुरु माष्टर कर्म लिई नमर ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x