साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साेझा प्रश्न ! बाउँठा उत्तर !! (१)

प्रश्न :- नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन्, किन ? उत्तर :- तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस् भनेर।

Nepal Telecom ad

मुकुन्द आचार्य :

नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका मुकुन्द आचार्य (२००१ चैत्र ६ गते) नेपाली हास्यव्यङ्ग्यमा कलम चलाइरहनु भएका जेष्ठ व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन पेशाबाट निवृत्त आचार्यकाे ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना नै पहिलाे प्रकाशित रचना हाे । पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ र ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ (२०६३) रहेका छन् । उहाँसँग अनुमति लिएर ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ कृतिबाट प्रश्नाेत्तरका बाउँठा उत्तरहरू क्रमागत रूपमा प्रविष्ट गर्ने जमर्काे गरिएकाे छ । – सम्पादक

१. प्रश्न :- आधुनिक युवतीहरू दुवै हातको सदुपयोग कसरी गर्छन् ?

उत्तर :- मेहन्दीले सिंगारेर र घरिघरि मुखमा खस्ने केशलाई सम्याएर ।

२. प्रश्न :- नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन्, किन ?

उत्तर :- तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस् भनेर।

३. प्रश्न :- युवती भइसकेका कन्याहरू पढ्न जाँदा आउँदा पुस्तक कापी किन छातीमै च्याप्प च्याप्छन् ?

उत्तर :- भविष्यका लागि रिहर्सल गर्छन् !

४. प्रश्न :- सम्पादक कसलाई भन्छन् ?

उत्तर :- जसले राम्ररी पाद्न सक्छ (अधोवायु त्याग्न सक्छ) त्यस्तोलाई सम्पादक भन्छन्।

क्रमश:

०००
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x