साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साेझा प्रश्न ! बाउँठा उत्तर !! (१)

प्रश्न :- नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन्, किन ? उत्तर :- तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस् भनेर।

Nepal Telecom ad

मुकुन्द आचार्य :

नेपाली विषयमा स्नातकोत्तरसम्म औपचारिक अध्ययन हासिल गर्नुभएका मुकुन्द आचार्य (२००१ चैत्र ६ गते) नेपाली हास्यव्यङ्ग्यमा कलम चलाइरहनु भएका जेष्ठ व्यक्तित्व हुनुहुन्छ । प्राध्यापन पेशाबाट निवृत्त आचार्यकाे ‘प्रशंसाको भोग’ शीर्षकको हास्यव्यङ्ग्य रचना नै पहिलाे प्रकाशित रचना हाे । पहिलो हास्यव्यङ्ग्य कृति चाहिँ ‘विगत र वर्तमान’ (२०३८) हो । उहाँका अन्य प्रकाशित हास्यव्यङ्ग्य कृतिहरूमा ‘नेताको रूपलाई चुरोटको धुप’ (२०४२) र ‘पठ्ठो बन्ने रहरमा’ र ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ (२०६३) रहेका छन् । उहाँसँग अनुमति लिएर ‘प्रश्न साेझा ! उत्तर बाउँठा !!’ कृतिबाट प्रश्नाेत्तरका बाउँठा उत्तरहरू क्रमागत रूपमा प्रविष्ट गर्ने जमर्काे गरिएकाे छ । – सम्पादक

१. प्रश्न :- आधुनिक युवतीहरू दुवै हातको सदुपयोग कसरी गर्छन् ?

उत्तर :- मेहन्दीले सिंगारेर र घरिघरि मुखमा खस्ने केशलाई सम्याएर ।

२. प्रश्न :- नगरपालिकाभित्र सडकबत्ती प्रायः निभेका हुन्छन्, किन ?

उत्तर :- तस्करी, चोरी र अन्य अपराध गर्ने तथा सडक छेउमा शौच (दिसापिसाब) गर्ने नागरिकहरूलाई सजिलो होस् भनेर।

३. प्रश्न :- युवती भइसकेका कन्याहरू पढ्न जाँदा आउँदा पुस्तक कापी किन छातीमै च्याप्प च्याप्छन् ?

उत्तर :- भविष्यका लागि रिहर्सल गर्छन् !

४. प्रश्न :- सम्पादक कसलाई भन्छन् ?

उत्तर :- जसले राम्ररी पाद्न सक्छ (अधोवायु त्याग्न सक्छ) त्यस्तोलाई सम्पादक भन्छन्।

क्रमश:

०००
प्रश्न सोझा ! उत्तर बाउँठा !! (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x