साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आएपछि

तन्त्र फेरिए पनि विभेद हटेन जति पटक रगत बगाए पनि बलिदानको अर्थ भएन भुइँ मानिसहरुको मुहार धपक्क बलेन अझै कालो बादल वरिपरि चाँदीको घेरा देख्न सकिएन ।

Nepal Telecom ad

विमल अर्याल :

आएपछि अलि ठाँटिएर आऊ
आँखामा आँखा जुधाउन सक्ने गरी आऊ
कसैले केही सोध्यो कि
आत्मविश्वास सहित हाँसेर
जवाफदेही भएर आऊ ।

हिजोकैं पिपलपाते भएर होइन
मुखमा धेरै जिब्रो हालेर होइन
नर्कटको खुट्टा फ्याँकेर
इस्पातभन्दा बलियो भएर
हातखुट्टा शरीर बोकेर आऊ
अनैतिकताको रछ्यानमा लड्ने
पाइला पाइलामा ऱ्याल चुहाउने
मिठा मिठा शब्दजाल बुनेर
भित्र भित्रै कैंची चलाउन खप्पिस
धुरन्धर बाठो स्याल जस्तो होइन
सरल सोझो इमान्दार बनेर आऊ ।

हिजोभन्दा आज
ओरालो उन्मुख छ जीवन
सङ्कटमा परेको छ अस्तित्व
परनिर्भर हुँदै छ दैनिकी
अन्तर कलहमा छ- सामाजिक, आर्थिक गतिविधि
सद्भाव स‌द्भावनाका बाहक
सच्चा उत्प्रेरक बनेर आऊ
तन्त्र फेरिए पनि विभेद हटेन
जति पटक रगत बगाए पनि
बलिदानको अर्थ भएन
भुइँ मानिसहरुको मुहार धपक्क बलेन
अझै कालो बादल वरिपरि
चाँदीको घेरा देख्न सकिएन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जब विचार मर्छ

जब विचार मर्छ

विमल अर्याल
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x